Nepali Community Forum - सबै नेपालीको साझा फोरम
XNepali Home   l  Blog/movies   l  Nepal News   l  Songs   l  Videos   l  Image Host   l  Unicode Nepali   l  Gallery   l  Tech Tips   l  HTML editor
September 09, 2010, 05:17:36 PM *
Welcome, Guest. Please login or register.

Login with username, password and session length
 
   Home   Help Login Register  
"Art & Photography" moved to Entertainment Section. New section "Nepali Models" added and 'Music" and "Video" are merged.
Pages: 1 ... 5 6 [7] 8 9 ... 11   Go Down
  Print  
Author Topic: Rekha Thapa - Nepali Actress  (Read 29908 times)
0 Members and 1 Guest are viewing this topic.
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #60 on: December 16, 2009, 10:16:25 PM »

नायिका रेखा थापा र नायक राजवल्लभ कोइरालासंग गणेश ढकाल ।

Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #61 on: December 16, 2009, 10:17:05 PM »

Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #62 on: December 17, 2009, 02:38:20 AM »

नम्रताको सेक्स भिडियो झुलुक्क हेरेँ - रेखा थापा, चलचित्र अभिनेत्री
Wednesday, 23 September 2009


सात वर्षअघि चलचित्रवृत्तका लागि एउटा यस्तो दसैँ थियो, जो दुखद् बन्यो। त्यो वर्ष एकजना अभिनेत्रीले दसैँछेका आत्महत्या गरिन्। मामिला थियो, यौनको। यसपाला नायिका नम्रता श्रेष्ठ र डिजे तान्त्रिकको सेक्स भिडियो बजारमा आएको छ, मामिला फेरि पनि यौनकै। स्थितिले कुनै अप्रत्यासित र अस्वाभाविक मोड त लिएको छैन, तर मामिला उस्तै हो। अक्सर नेपाली चलचित्रका कलाकारबारे यस्ता कुरा बजारमा अइरहन्छन्। भएर वा नभएर पनि यौन मामिलासँग जोडिँदै अक्सर अभिनेत्रीहरू चर्चामा आउँछन्। यसै मेसोमा पछिल्लो छिमलमा चलेकी अभिनेत्री रेखा थापासित भेट भयो। बालाजुको जनमैत्री अस्पतालमा 'आफ्नो मान्छे आफ्नै हुन्छ' भन्ने फिल्मको सुटिङको एउटा चटारो, 'कवच' नामको फिल्मको सुटिङ ठमेलमा चल्दै थियो, त्यो अर्को चटारो। चटारो–चटारोकै बीचमा भेटिएकी रेखासित अनेकन विषयमा कुरा भयो, तर उनको एउटै आग्रह थियो, नम्रताबारेको प्रसंग नकोट्याइदिने।


– विश्वमणि
० नम्रताको सेक्स भिडियो हेरियो त?
– शुक्रबार बिहान आठ बजे उठ्नेबित्तिकै कम्प्युटर खोलेर युट्युब डटकम लगअन गरेँ। तर, त्यो भिडियो प्ले भएन। पछि साथीहरूको माध्यमबाट झुलुक्क हेर्नसम्म पाएँ। 
० कस्तो लाग्यो त्यो हेर्दा?
– त्यो साँच्चैको हो कि होइन, अर्कै कुरा हो। तर, आफ्नो क्षेत्रमा संघर्ष र प्रगति गर्दै गर्दा नायिकाहरूलाई यस्तो समस्या पर्ने गरेको छ। भएको र नभएको दुवैखाले कुरा गरेर सकेसम्म होच्याउने प्रयत्न यहाँ हुने गरेको छ।
० उसो भए नम्रताले बिराएकी छैनन् त?
– म केही पनि भन्दिनँ। यो विषयलाई सपना सम्झेर सबैले भुल्नुमै कल्याण हुन्छ।
० जथाभावी गर्न पाइने? अर्काको घर बिगार्न पनि पाइने? अनि, सपना सम्झेर भुल्नुपर्ने?
– त्यो सम्बन्धित कलाकार र त्यो विषयसित जोडिएका व्यक्तिबीचको सवाल हो। म केही नभनौँ। यस्तो कुरा यो कानले सुन्नु नपरोस् भन्छु म।
० फिल्मलाइनमा दसैँ लागेपछि नै किन यस्तो हुन्छ?
– यो प्रश्न त मैले तपाईंलाई सोध्नुपर्ने। हामीले यस्तो गराएको हो र? तपाईं मिडियाम्यानहरूकै काम त हो नि! मिडियाको मान्छेले त सबै सुखी रहून्, सबै खुसी रहून् भन्ने सोच्नुपर्छ। फिल्म पनि एउटा मिडिया हो, म त त्यस्तै सोच्छु।
० दसँै कता मान्ने हो नि?
– यसपालि मेरो बुबा स्वर्गवास हुनुभएको। त्यसैले माइतमा दसँै हुँदैन। तर, घुम्नका लागि माइत सलकपुर (मोरङ) र श्रीमान् छवि ओझाको घर धरानतिर जान्छु। प्लेनको टिकट अहिलेसम्म मिलेको छैन। सुटिङमा व्यस्त भएर त्यता लाग्नै पाइएन।
० टीका लाइन्न?
– आफूलाई जन्म दिने बुबा बितेको वर्ष टीको लाउने त के सोच्न पनि सक्दिनँ। फुर्सद काट्न मात्रै जान लागेकी। 
० छवि (पति) को घर नगएर किन माइतमा पहिला नि?
– 'माइतको कुकुर पनि प्यारो' भन्छन् नि! जान्छु, छविको घर धरान हो। सलकपुरमा त दसैँ मान्न होइन, भेटघाट गर्न मात्रै जाने हो। 
० दसैँलाई कतिवटा खसी ठीक पारेको छ?
– पोहोर–परार त कूलदेवतालाई एउटा र नवमीको दिन एउटा गरी दुईवटा खसी ढल्थे। यसपालि बुबाको जूठो परेको छ, किनेरै मासु खाने कुरा छ।
० मासुतिर मन कम लाग्छ कि?
– केको लाग्नु? उमेर छँदासम्म टन्न खाने। बूढेसकाल लागेपछि देखाजाएगा।
० राजनीति गर्नेमा गगन थापा मनपर्छ भनेको हो?
– गगन थापा, रामकुमारी झाँक्री, चन्द्रबहादुर थापा (सागर) भनेका भविष्यमा प्रधानमन्त्री हुनलायकका मान्छे हुन् भनेकी हुँ। तर, मिडियामा गगन थापा भन्ने नामलाई स्ट्रेस दिएर उल्लेख गरियो। त्यसो गर्दा फरक विचार बोकेका केही मान्छेले मलाई फोन गरेर गुनासो पोखे। यो राजनीति भनेको मेरा लागि 'नजाने गाउँको बाटै नसोध्नु' भनेजस्तो हो। बेकारमा राजनीतिक विवादमा मुछिएर मलाई के फाइदा छ र? जानेको कुरा अलि–अलि भनेको हो। फेरि गगन भनेको त हाम्रै पूर्वतिरको (सोलु) मान्छे पनि हो। रामकुमारी भनेको आँट, जोश र जाँगर भएको महिला, सागरचाहिँ एउटा विचारमा समर्पित भएर युवाहरूको नेतृत्व गर्ने मान्छे हुन्। 
० कहिले प्रचण्ड मनपर्छ भन्ने, कहिले गगन, कहिले रामकुमारी। यो त दहीच्युरे कुरा भएन?
– उहाँ (प्रचण्ड) को जुँगा मात्रै मनपर्छ। 
० अर्थोक नि!
– जुँगाको तल (मुख) त ठीक छैन नि। कहिले के बोल्ने, कहिले के बोल्ने! बोलेअनुसारले केही पनि नगर्ने। 'मेरो गोरुको बाह्रैटक्का' भनेर लिँडेढिपी गर्नेले जनताको सेवा कहिले गर्छन्? प्रचण्डको कुरा मात्रै होइन, सबै नेता त्यस्तै छन्। देशका लागि केही गर्नलाई भन्दा आफू र आफ्नो ग्रुपका लागि मात्रै सोच्ने नेता भए। १० वर्ष लडेर आएको प्रचण्डले केही गर्लान् भन्ने थियो। तर, उनको पनि बोली मात्रै रहेछ। मलाई त गिरिजा, माधव नेपाल, कमल थापा सबै नेता मनपर्छ। तर, कसैले पनि केही नगर्दाचाहिँ एउटा जनता भएको नाताले दुःख लाग्छ।
० फिल्मको नाममा अवैध यौन धन्दा चल्छ भनिन्छ नि!
– मैले झन्डै–झन्डै ९० वटा फिल्ममा काम गरेँ, अहिलेसम्म त्यस्तो देखेको र सुनेको छैन। 
० हावा नचली पात हल्लिन्छ त?
– पहिलाको जेनेरेसनमा के थियो र अब पछिको जेनेरेसनमा कस्तो हुन्छ, म भन्न सक्दिनँ। तर, अहिलेको हाम्रो जेनेरेसनमा त्यस्तो छैन। एउटा हिरोइनले एउटा फिल्ममा काम गर्दा कम्तीमा पनि ५० हजार र धेरैमा तीन लाखसम्म लिन्छन्। जब उनीहरू आफ्नै काम गरेर त्यत्रो पैसा कमाउँछन् भने पैसाकै लागि अनुचित काम गरिराख्नैपर्दैन। होला, कसैको ब्वाइफ्रेन्डसित सम्बन्ध हुन्छ। कसैले सहमतिमा शारीरिक सम्बन्ध राखे होलान्। जुन कुराले सोसाइटीलाई असर गर्दैन, त्यो कुरामा मिडियाको बेकारको चासो पनि राम्रो होइन। खोज्दै गयो भने कसको बेडरुममा के हुन्छ, कसको बाथरुममा के हुन्छ भनेर पनि भेटिएला नि! अनि, सबै कुरा छापिदिएर हुन्छ त!
० अहिलेसम्म फिल्म खेलेर कति पैसा कमाइयो?
– हामी केटी कलाकारले केटाको भन्दा कम पैसा पाउँछौँ। हिरोहरूले जति पाउँछन् म त्यति पाउँदिनँ। मसित काम गर्ने हिरोले तीन लाख लिन्छ, तर मैले दुई लाख मात्रै। त्यो पनि हेरी–हेरी हुन्छ। धेरै काम छ भने दुई लाखभन्दा बढी पनि डिमान्ड गर्छु। कुनै–कुनै फिल्ममा एउटा आइटम डान्स गर्नुपर्योप भने धेरै पैसा लिन्छु। कुनै फिल्ममा गेस्ट एपेरियन्स हुन्छ, त्यसमा काम पनि थोरै गर्नुपर्छ र पैसा पनि थोरै लिन्छु।
० अहिलेसम्म कति कमाइयो त?
– म पनि आफ्नो श्रीमान्सित मिलेर फिल्म बनाउने गर्छु। मलाई फिल्मको दुःख थाहा छ। त्यसैले अरूको फिल्ममा काम गर्दा उनीहरूलाई पनि मलाईजस्तो दुःख परेको हुन्छ। म दुःख बुझेर पैसाको कारोबार गर्छु। मैले कमाएको पैसाबाट मज्जाले आफ्नो जीवन धान्न सक्छु।
० गाडी पनि छ नि होइन?
– हो नि, फुल पेमेन्ट दिएर किनेको। त्यसरी किन्दा पनि तेज एन्ड करणले एक महिनासम्म झुलाएर बल्ल–बल्ल गाडी नामसारि गरिदियो। म त तेज करणको श्रीमतीसित झगडै गर्न गएँ नि! यो गाडी भन्ने चिज घाँडो रहेछ। पहिला चलाउने रहर भयो। लाइसेन्सविना नै चलाएँ। लाइसेन्स बनाउन गएको ट्रायलमा दुईचोटि फेल भएँ। पछि सन्तोष दाहाल भन्ने ट्राफिकको सब इन्स्पेक्टरलाई एउटा दाइले चिनाएपछि ट्रायल पास भएँ। अब, अहिले गाडी लिएर निस्कियो भने पुग्नुपर्ने ठाउँमा दुई घन्टाअगाडि हिँड्नुपर्छ।
० फिल्म खेल्ने मन कहिलेदेखि लाग्यो?
– चार कक्षामा पढ्दा ईश्वरी प्रधान र मेला बास्कोटा बालकलाकार भएर टिभीमा इन्टरभ्यु दिएको हेरेपछि मलाई पनि उनीहरूजस्तै बालकलाकार बन्ने मन थियो। तर, ईश्वरी कहाँ शम्भु प्रधानकी छोरी, मेला शम्भुजितकी छोरी, म कहाँ मोरङको एउटा गाउँको थापाकाजीकी छोरी! रहर त भयो, मौका पाइएन। तर, त्यसवेलादेखि नै हिरोइन बन्नकै लागि म जन्मिएकी रहिछु, बनेरै छाड्छु भन्ने लाग्थ्यो। 
० हिरोइन नभएको भए?
– मैले मिस कोसीमा भाग लिएँ, सेकेन्ड रनरअप पनि भएँ। पछि एयर होस्टेस बन्ने रहर भयो। आरएनएसीमा एप्लिकेसन हालेँ। वैकल्पिकमा नाम निस्कियो। पछि बुद्ध एयरमा एप्लिकेसन हालेँ। त्यहाँ नाम पनि निस्कियो। इन्टरभ्युका लागि बोलाएको थियो। बुद्ध एयरमा इन्टरभ्यु दिन भनेर घरबाट निस्किएको थिएँ, बाटोमा छवि ओझा (हालका पति) को फोन आयो। 'फिल्म सुरु हुन लागेको छ, कुरा गर्न आऊ' भन्नुभयो। फिल्म खेल्ने कि एयर होस्टेस बन्ने? द्विविधा भयो। बचनपनदेखि हिरोइन बन्छु भन्ने रहर भएकाले ट्याक्सी फर्काएर छवि ओझाको पुरानो बानेश्वरको अफिसतिर लागेँ।
० छविले बिहे गर्ने भए फिल्म खेलाउँछु भन्नुभएको थियो?
– जतिवेला म हिरोइन हुन लागेकी थिएँ, त्यसवेला स्ट्याब्लिस्ड हिरोइनहरूका बारे बजारमा नानाभाँतीका कुरा सुनिन्थे। निरुता सिंहले पेट बोकी भन्थे। हो कि होइन, थाहा छैन, हल्ला व्यापक थियो। जल शाहको कुन्नि के, विपनाको कुन्नि के? यस्तै हल्ला थियो। जब छवि ओझाको फिल्म 'हिरो' मा काम गर्न थालेँ, मलाई पनि यस्तै हल्ला चलाएर बिगार्लान् भन्ने लाग्यो। त्यस्तो हल्ला चल्यो भने त जीवनभर बिहे नहोला भन्ने पिर भयो। अनि, एउटा मान्छे छान्नैपर्योत। र, छवि ओझा छानेँ। 
० किन आफूभन्दा डबल उमेर बढीको श्रीमान् रोजेको त?
– भनेजस्तो बूढो मान्छे कहाँ हो र! हट्टाकट्टा, मलाई चाहिएकैजस्तो मान्छे छ नि त! छवि मेरा लागि योग्य श्रीमान् र उसका लागि म योग्य श्रीमती हौँ। छविबाट बुबाको जस्तो साहस र आमाको जस्तो संस्कार पाएको छु, अरू के चाहियो र?
० बिहेपछि पनि कसैले बिहेका लागि अफर गरेनन्?
– किन नगर्नु! आजभोलि त गर्छन्, झन् भर्खर–भर्खर बिहे गर्दा त कति अफर कति! 'त्यो छवि बूढो..., त्यसले तिमीलाई माया गर्दैन..., म तिमीलाई महलकी राजकुमारी बनाएर सजाउँछु...,' यस्ता कुरा त कतिले भने कतिले! कलाकार भएको नाताले कतिको ड्रिम गर्ल पनि भइयो। तर, आफ्नो जीवन आफूले बाँच्ने हो र निर्णय पनि आफैँले गर्ने हो।
० प्लेब्वाई टाइपको केटा मनपर्छ भनेको होइन?
– म भगवान्मा रामचन्द्रलाई खराब मान्छे भन्छु र श्रीकृष्ण असल मान्छे हुन् भन्छु। किनभने, रामले आफ्नी पत्नीलाई अर्कासित गई भनेर अग्निपरीक्षा गरे। तर, श्रीकृष्ण त बिन्दास! न शंका, न कुनै टेन्सन। ठ्याक्कै मेरो छवि ओझाजस्तो। रामचन्द्र भगवान् हुन् र उनैको पालाबाट लोग्नेले स्वास्नीलाई शंका गर्नुपर्छ र तनाव दिनुपर्छ भन्ने कुरा सुरु भएजस्तो लाग्छ। आफ्नी श्रीमतीको विश्वास भए उनले किन अग्निपरीक्षा गर्थे? हेर्नूस्, आज–भोलि पनि लोग्नेचाहिँ जहाँ गए पनि, जे गरे पनि हुने। स्वास्नीले सानो कुरा केही बिराइ कि शंका गर्ने, यातना दिने गरिन्छ। केटाहरूले जे गर्न पनि हुने, हामीले केही गर्न नहुने? हो, मर्यादाको ख्यालचाहिँ सबैले गर्नुपर्छ। मर्यादा भनेको पारिवारिक र सामाजिक दुवै उत्तिकै महत्त्वपूर्ण हुन्छन्।
० पढाइ कतिसम्म भयो?
– विराटनगरको दि राइजिङ इंग्लिस बोर्डिङ स्कुलबाट एसएलसी दिएपछि फिल्म खेल्न थालेँ। तर, त्यसपछि पढिएन, परियो र पढेर भन्दा परेर जानेको कुरा राम्रो हुँदोरहेछ। मलाई फिल्मको हिरोइन बन्नु छ भने डान्स, एक्टिङहरू राम्रो हुनुपर्छ। किताबी ज्ञान सबै कुरा होइन। 
० विदेशी फिल्म कत्तिको हेरिन्छ?
– आफैँले पनि एउटा एक्सन फिल्म बनाएर खेलेँ, तर म लभस्टोरीकै क्रेजी हुँ। भूतको फिल्म त सुन्दैमा डर लाग्छ। मलाई मान्छेहरूले ग्ल्यामर भन्छन्, तर सोभर रोल सुहाउँछ। खास रेखा थापा हेर्नलाई 'बाटुली' र 'कसले चोर्योक मन' भन्ने फिल्म हेर्नुपर्छ।
० ब्ल्यु फिल्म?
– कहिलेकाहीँ इन्टरनेटमा बस्दा ब्ल्यु फिल्म खुल्छ र हेर्छु। मलाई त घीन लाग्छ– छ्या त्यस्तो फिल्म!
० निखिल उप्रेतीले खेलेको फिल्म नखेल्ने कारण के हो?
खेल्दिनँ भनेको छैन, तर धेरै लामो समय भयो उहाँसित खेल्ने मौका मिलेको छैन। एउटा कलाकार भएपछि योसँग खेल्छु र त्योसँग खेल्दिनँ भन्ने कुरै हुँदैन। जोसँग पनि खेल्नुपर्छ।
Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #63 on: December 18, 2009, 10:15:00 PM »

तिमी मेरो नलेखिएको प्रेमपत्र
18/12/2009 (nayapatrika)
 प्रमिला देवकोटा


उसले सोध्यो, 'खोइ त मेरो जवाफ ?' 'के चिठी नै दिनुपर्छ र ?' रेखाले भनिन् । उसले त्यही जवाफलाई रेखाको अस्वीकृति मान्यो । भन्यो, 'त्यसो भए मेरो चिठी फिर्ता देऊ ।'

प्रेमपत्रको शक्तिलाई सबभन्दा बढी प्रयोग गर्नेमा नेपोलियन बोनापार्ट अगाडि थिए । उनी युद्धभूमिबाट समेत आफ्नी प्रेमिकालाई पत्र लेख्थे ।

प्रेमपत्रको शक्तिमाथि अंग्रेजी कवि जोन डोनले भनेका छन्, 'चुम्बनले भन्दा प्रेमपत्रले दुई आत्मालाई राम्ररी जोड्छ ।'

नेपाली सिनेमामा अहिले एकछत्र राज गरेकी अभिनेत्री रेखा थापालाई प्रेमपत्रले अर्काे आत्मा भेटाइदियो त ?

'अँ भेटियो,' उनले भनिन्, 'तर पत्र पठाउने आत्माले नै मलाई बुझेन त्यो सुरु नहुँदै सकियो ।'

उनी त्यतिबेला विराटचोकको द राइजिङ बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्थिन् । त्यस्तै १३ वर्षकी हुँदी हुन् । रेखा स्कुल जाने र र्फकने समयमा स्कुलनजिकै एउटा केटो बाटो कुथ्र्याे । त्यो केटो अर्काे स्कुलमा कक्षा १० मा पढ्थ्यो । पि्रन्सिपलको छोरा थियो । विस्तारै उनलाई त्यो 'बाटो कुराइ' मन पर्न थाल्यो । 'बाटोमा उसलाई देख्दा म बेलुका रातिसम्म खुसी हुन्थेँ, नदेख्दा के नपुगेजस्तो, मन खल्लो हुने भन्या,' उनले आँखीभाँै तन्काउँदै भनिन् ।

एक वर्षसम्म यो बाटो कुराइ जारी रह्यो । 'त्यो बेला असाध्यै रमाइलो लाग्थ्यो । उसको अगाडि देखिँदा म धेरै लजाउँथेँ । म त्यस्तो लजालु केटी होइन नि ! तर त्यस्तो हुँदोरै'छ,' उनले सुनाइन्, 'म ऐना पनि बढी हेर्न थालँे । राम्री त थिएँ नै झन् राम्री हुन मन लाग्ने ।'

त्यो केटो बाटोमा नभेटे स्कुलसम्म आउँथ्यो रेखालाई भेट्न ।

मन परेको मान्छे अगाडि आफ्नो बेइज्जत कसले देख्न सक्छ र ? एकदिन झन्डै त्यसो भएको । जाडो महिना थियो । त्यसैले चौरमा पढ्थे । गणित विषयको कक्षा । त्यसमा रेखा सबैभन्दा कमजोर । शिक्षकले 'होमवर्क' हेर्दै थिए । ठ्याक्कै 'केटो' गेटमा आइपुग्यो । ती शिक्षक होमवर्क नगर्नेलाई उभ्याएर कुट्थे । रेखालाई डर लाग्यो- उसको अगाडि कुटिनुपर्‍यो भने ?

'त्यतिबेला मलाई मरिहाल्न पाएजस्तो भयो । थ्यांक गड ठ्याक्कै 'बेल' बज्यो । अनि म बाँचँे ।'

रेखाको एउटा 'ग्याङ' थियो । चारजना केटी एक केटासहितको । तिनै चारमध्ये एक केटी साथीमार्फत उसले एक/एक दिन चिठी दियो ।

चिठीको सुरुवात यस्तो थियो ः

समय ः राति १० बजे

स्थान ः घरको छत

मक्किएका पानामा ओसिएका हृदयबाट थकित स्मृतिका अधुरा आकृतिस्वरूप मेरा कल्पनाका महल नबने पनि म तिमीलाई मनैदेखि चाहन्छु ।.........

यसपछि के थियो उनलाई याद छैन । 'यो वाक्य म जिन्दगीभर बिर्सन्नँ होला,' उनले केही सम्झेजस्तो भावमा भनिन् ।

त्यति मन पर्ने 'केटो'का लागि कस्तो पत्र लेखिन् उनले ?

'कहाँ पत्र लेख्न सक्नु नि ? प्रमाण दिएर प्रेम गर्न सक्ने हिम्मत हुँदैनथ्यो त्यतिबेला । मौन रहेर स्वीकृति दिएँ,' उनले बाध्यता सुनाइन् ।

तर विडम्बना ! उनको स्वीकृतिलाई त्यो केटोले बुझेन । 'मलाई मन नपरेको भए उससँग झगडा गर्थर्ें नि !' उनले भनिन् । त्यसअघि कयाँै केटासँग बाझिसकेकी थिइन् उनी ।

चार दिनपछि त्यो केटा बाटोमा भेटियो । उसले सोध्यो, 'खोइ त मेरो जवाफ ?'

'के चिठी नै दिनुपर्छ र ?' रेखाले भनिन् ।

उसले त्यही जवाफलाई रेखाको अस्वीकृति मान्यो । भन्यो, 'त्यसो भए मेरो चिठी फिर्ता देऊ ।'

रेखालाई पश्चात्तापले जीउ सिरिंग भयो । 'मनको कुरो नबुझ्नेले पनि के प्रेम गरेको ?' उनी चुपचाप घरतिर लागिन् ।

'मलाई त्यो चिठीको यति माया थियो । घरमा लुकाउने ठाउँ थिएन । 'तरकारीबारीमा खनेर लुकाएकी थिएँ । गएँ । झिकँे । अनि त्यसलाई टुक्रा-टुक्रा बनाएर च्याँतँे,' उनले पे्रमपत्रको अन्त्येष्टि यसरी गरिन् ।

त्यो दिन रिसले उनको अनुहार रातो भएको थियो, मनमा पीडा थियो, त्यसैले आँखामा आँसु थियो । त्यो नै उनको पहिलो प्रेम थियो ।

उनी घर पुगिन् । तरकारीबारीमा चिठी लुकाएकी थिइन् । 'मनमा डर थियो कसैले देख्छ कि ?' त्यसैले झिकिन् र च्यातिन् ।

'मैले त्यसको सय टुक्राभन्दा बढी बनाएँ होला । त्यतिबेला मलाई उससँग अनौठो रिस थियो,' उनले सुनाइन् ।

त्यसपछि त्यो केटो बाटोमा कुरिरहेको भेटिएन । 'मैले उसलाई त्यसपछि आफ्नो कुरा भनिनँ । उसले पनि दोर्‍याएर सोधेन । हामीमा दुश्मनी बढ्यो । अहिले पि्रन्सिपल भएको छ रे,' उनको अनुहारमा अनौठो खुसी देखियो, 'म छविकी भैसकँे । पहिला उसले बुझेको भए । सायद त्यतै हुन्थेँ । नायिका रेखा थापा हराउँथी कि ?'

त्ियो उनलाई आएको पहिलो प्रेमपत्र भने थिएन । त्यसअधि नै धेरै पत्र आइसकेका थिए । उनी ११ वर्षकी थिइन्, पहिलो पत्र आउँदा । पत्र ल्याउने आफ्नै साथी थियो राजन । उसले कतिबेला ?... उनले चिठी खोलिन् । त्यसमा के लेखिएको थियो उनलाई अब याद छैन । प्रेमपत्र पाउँदा ठूली भएजस्तो लागेन उनलाई ?

'त्यस्तो महसुस गर्नेबेला भइसकेको थिएन,' उनले मुख खुम्च्याइन् ।

त्यसमाथि पत्र लेख्ने पात्र 'खलनायक' थियो गाउँको । 'ग्याङ बनाएर हिँड्थ्यो । त्यसलाई सम्झँदा त अहिले पनि रिस उठ्छ,' उनको अनुहारमा आक्रोश देखियो ।

त्यसको रिस उनले चिठी ल्याउने राजनमाथि पोखिन् । 'हामी सँगै स्कुल जान्थ्याँै । तीन दिनसम्म रिसले एक्लै गएँ,' रिसले एक्लाउने न हो ।

उनले त्यो 'खलपात्र'लाई हकारिन् । अब स्कुलमा कुरा फैलियो- 'उसले त रेखालाई चिठी लेखेछ ।' पछि थाहा भयो, उसले रेखालाई चिठी पठाएर देखाउने बाजी राखेको रहेछ । बोहनी नै नराम्रो !

'म त्यतिबेलै 'पपुलर' थिएँ । सबै, कहाँ-कहाँबाट मलाई मान्छे हेर्न आउँथे । कसको हिम्मत हुन्थ्यो र मलाई प्रस्ताव गर्ने, त्यो गुन्डाले चाहिँ गर्‍यो,' उनले भनिन् ।

त्यसलगत्तै चिठीको ओइरो लाग्न थाल्यो रे । 'सानो-सानो चिटका पत्र त कति आए कति । सब मसँग बोल्न डराउँथे, त्यसले गर्दा सबको हिम्मत बढ्यो नि !'

रिेखाको पाँचजनाको गु्रप थियो राजनसहित । स्कुलनजिकै कम्प्युटर सिकाउने ठाउँ थियो । कम्प्युटर सिकाउने एउटा केटो थियो । उसलाई चारैजना केटी 'लाइन मार्थे ।' रेखा आफ्ना उसको नाम जोडेर आफ्ना संगीलाई जिस्काउँथिन् । एक दिन त्यसले रेखालाई गिफ्ट दियो- 'गिटार'

'उसले मलाई अप्रत्यक्ष रूपमा प्रेम जनायो तर, मैले त्यसको कुनै रेस्पोन्स नै दिइनँ र हामी रमाइलोका लागि मात्र उसलाई जिस्काउँथ्याँै । म त्यस्तो गम्भीर थिइनँ ।'

इटहरीको एउटा केटा त उनको दिदीसँग हात माग्न आएको थियो । हेर्दा राम्रो पनि । उमेर अलि मिल्दैनथ्यो । त्यसैले दिदीले हुन्न भनिन् ।

रिेखालाई आजभोलि पनि पत्र आउँछन् । हेटौँडामा कक्षा ७ मा पढ्दै गरेको एउटा विद्यार्थी फ्यान छ । ऊ चिठीमा लेख्छ- 'म तिमीलाई ठूलो भएपछि बिहे गर्छु ।'

केटा मात्रै होइन । समलिंगी महिलाले समेत उनलाई चिठी लेख्छन् । तीन/चार वर्षअगाडि रेखाको अनुहारको वर्णन गरेर पत्र हुलाकमार्फत आयो । 'त्यस्तो वर्णन कुनै कविले पनि गर्न सक्दैन होला । त्यो केटी मेरै उमेरको जस्तो देखिन्थी,' उनले भनिन् ।

'एकपटक धरानमा सुटिङ भइरहेको थियो । एउटी केटी आएर उनको ओठमै चुम्ब्ान गरिदिई, मलाई दिनभर कस्तो भयो । म उनीहरूको भावनालाई सम्मान गर्छु । तेस्रोलिंगी, समलिंगी सबैको सम्मान गर्छु । तर, म त स्त्री हुँ नि ! ओठमै केटीले चुम्बन गर्दा कस्तो हुने रहेछ,' उनले सम्भिmइन् ।

सिक्किमका एक वृद्ध रेखाका जबर्जस्त 'फ्यान' छन् । उनीे रेखाका लागि मन्दिर गएर प्रार्थना गर्छन् । यतिसम्म कि घरमै पनि पूजा लगाउँछन् रे ! 'तिनी ५० वर्षका मात्रै भए मलाई उहिल्यै प्रस्ताव राखिसक्थे । उमेरको भयले मात्रै केही भन्दैनन् । व्यवहार असाध्यै माया गर्ने प्रेमीको जस्तो छ । उनका हरेक एसएमएसमा 'आई लभ यू' लेखिएको हुन्छ ।'

रिेखा भन्छिन्, 'मलाई प्रेमपत्र सयाँैका संख्यामा आए । पत्र आएर खुसी लागेको त्यही एउटा थियो ।' उनका साथीहरूले पत्र लेख्ने केटाहरूलाई भन्ािदिन्थे, 'यो त घरबारे होइन । यसको पछि नलाग ।'

उनी भन्छिन्, 'आजकल मानिस प्रेम गर्दैनन् सौदा गर्छन् । जहाँ बढी फाइदा छ, त्यहाँ कुदिहाल्ने । हाम्रा हजुरआमाहरू मागी-विवाहमा पनि कति खुसी थिए । अहिले प्रेम-विवाह दिनहुँ टुट्छन् । पैसा र पावर भए केटीलाई पुग्छ । केटालाई अनुहार भए हुन्छ ।'

अरूको प्रेमको यस्तो बखान गर्ने रेखा आफ्नै श्रीमान् छविलाई कति माया गर्छिन् ? 'मैले प्रेम देखाउनै पाएको छैन । हामीले अभाव देख्नुपरेको छैन, दुःख देख्नुपरेको छैन । वास्तवमा मैले मेरो प्रेमको परीक्षा दिन पाएको छैन,' उनले भनिन् । उनले अरू थपिन्, 'छवि र मेरोबीचमा प्रेमपत्र नै आदान-प्रदान नभए पनि मनको भाव, चाह र सपनाको साटासाट भने भएको हो । र, भइरहेको पनि छ । त्यसैले ऊ नै मेरो नलेखिएको प्रेमपत्र हो ।'

अरूले दिएका प्रेमपत्रको चाङ लगाउने रेखाले आफँैले कतिलाई प्रेमपत्र लेखिन् नि ? 'प्रेमपत्र नलेखेर किशोरावस्थामा जो मन पथ्र्याे, उसलाई मैले गुमाएँ । पछि छवि मेरो जीवनमा आयो । ऊ नै मेरा लागि सबथोक भयो,' उनले भनिन्, 'तर पनि प्रेमपत्र आदानप्रदान गरेर प्रेम गर्नेहरूप्रति मेरो सम्मान छ, सद्भाव छ ।'

फेरि, यो जुनीमा रेखाले कसैलाई लभलेटर लेख्लिन् कि नलेख्लिन् !
Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #64 on: December 18, 2009, 10:16:22 PM »

Logged
thulomulo
X.Jr Member
*

Reputation : +4/-3
Posts: 108


View Profile
« Reply #65 on: December 19, 2009, 12:06:17 AM »

Cheesy This Tundikhel bro is the most freaking diwana of Rekha Thapa that I have ever seen! Baaf re k ho: i think u update an article about her every other day! Chawi Ojha ko satta tundikhel lai nai chane hunthiyo Rekhale!
Logged

2012 Doomsday is a hoax! I'll survive!
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #66 on: December 19, 2009, 01:04:27 AM »

Cheesy This Tundikhel bro is the most freaking diwana of Rekha Thapa that I have ever seen! Baaf re k ho: i think u update an article about her every other day! Chawi Ojha ko satta tundikhel lai nai chane hunthiyo Rekhale!


ha ha ha....
Ma jasta FAN ta kati holan kati Rekha ka......

Cheesy Cheesy

Thanks.
Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #67 on: December 19, 2009, 11:47:30 PM »

'नाम होस्, बदनाम होस्, गुमनाम भने नहोस्'


'नाम होस्, बदनाम होस तर, गुमनाम भने नहोस्' यस्तै मान्यता बोक्छिन् नायिका रेखा थापा। समयभन्दा चाँडो नाम र चर्चा कमाउन सफल यी नायिकाले यसै कारण उचालिएर आफ्नो धरातल बिर्सिएकोमा उनका समकक्षीहरू चिन्ता व्यक्त गर्छन्। रेखालाई अन्य नायिकाको आरोप छ 'रेखालाई कहिले पनि आफ्नो ठान्नुहुन्न, किनकि उनले कुन बेला पछाडिबाट छुरा हानिहाल्छिन्।'


रेखालाई उनका समकक्षीहरूले लगाएको यो आरोप केही समययता आएर सत्य सावित पनि हुन थालेको छ। रेखासँगै खाने, डुल्ने र सुखदुःखका कुरा गर्नेहरूले आज रेखाकै कुरा काट्न थालेपछि रेखाका कमी–कमजोरीहरू बजारमा छरपस्ट हुन थालेका छन्। कुनैबेला नायिका ऋचा घिमिरे रेखाकी अभिन्न अङ्गजस्तै नजिकको साथी थिइन्। लाग्दथ्यो ऋचा नदेखेमा रेखाको घाँटीबाट भात नै छिर्दैनथ्यो तर अहिले दुवैको बोलचाल बन्द छ भने धेरैपटक आफू नखेलेर आफ्नै फिल्ममा रेखा थापाको सिफारिस गर्ने नायिका झरना थापा र रेखा थापाबीच अहिले पानी बाराबारको अवस्था रहेको छ। नायिकादेखि लिएर नायक र निर्देशकसम्मको सम्बन्धमा क्रमशः दरार आउन थालेपछि रेखा यतिबेला स्थापित नभएर नयाँ–नयाँ ब्यानरहरूतिर मात्र देखिन थालेकी छिन्।


गत हप्ता एउटा सिनेमाको निकै भव्यताका साथ शुभ–साइत सम्पन्न भएको थियो। त्यस समारोहका लागि निमन्त्रणा गरिएकी रेखाको हातमा कार्ड परेपछि रेखाले– 'धत्! यस्तो कार्यक्रममा जाने मान्छे हो म' भनेर कार्ड च्यातेपछि त्यस चलचित्रका निर्देशकको मन कुँडिन पुगेको थियो। 'बरु नआएको भए हुन्थ्यो। कार्ड नै किन च्यात्नुपर्दथ्यो र?' ती निर्देशकले भने।


नायक निखिल उपे्रतीसँग सम्बन्ध बिग्रिएपछि झण्डैझण्डै सिनेमा नपाएर पलायनको अवस्थामा पुग्न लागिसकेकी रेखाले त्यसपछि अर्का नायक विराज भट्टसँग सम्बन्ध सुधारेकी थिइन्। भट्टसँग सम्बन्ध सुधारेपछि केही फिल्महरू हात पार्न लागेकी रेखा थापाको अन्य कुनै पनि नायिकासँग सम्बन्ध सुमधुर हुन नसकेपछि उनी आजभोलि कुनै पनि सार्वजनिक कार्यक्रमतिर देखा पर्दिनन्। यतिसम्म कि उनलाई पहिलोपटक चलचित्र 'हिरो' मार्फत बे्रक दिएका नरेश पौडेल पनि रेखाको बारेमा भन्छन्, 'आफ्नो धरातल र विगत बिर्सनेको कुरा नगरौँ।'


आफ्ना श्रीमान् छवि ओझासँग रेखा धेरै नायिकाको नाम पनि जोड्ने गर्छिन्। रेखाको एकदमै नजिककी साथी रेजिना उपे्रतीको नाम उनले आफ्नै पति छवि ओझासँग जोडेपछि नायिका रेजिना पनि रेखाप्रति निकै आक्रोशित भएकी थिइन्। 'आफू जस्तो त्यस्तै गलत सोच बोक्छिन् रेखा,' रेजिना भन्छिन्, 'उसको श्रीमान्सँग रेखाले मेरो नाम जोडी। आफ्नो बाउ उमेरको मान्छेसँग म किन लाग्नु?' रेजिनाको तर्क छ। लाग्नै छ भने आफूले एक से एक ह्यान्डसम पुरुष पाउने र छवि ओझासँग लाग्नुपर्ने अवस्था नरहेको जवाफ रेजिनाले दिएकी थिइन् रेखा थापालाई। एक समय रेखा र रेजिनाको पारिवारिक सम्बन्ध नै थियो तर केही असझदारीका कारण अहिले यी दुईबीच व्यापक दरार आएको छ। आफ्नै समकक्षी अनि नायक र निर्देशकसम्मको सम्बन्ध विस्तारै बिगार्दै जान थालेकी रेखाको चाँडै बुद्धि फिरोस् र सबैसँग उनको सम्बन्ध सुमधुर होस्। रेखाजीलाई चेतना भया।

-राजन घिमिरे 
Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #68 on: December 19, 2009, 11:49:01 PM »

रेखा र अरुणिमाबीच जुहारी

प्रसङ्ग एउटा सिनेमा छायाङ्कनको अवसरको हो र, कुरा दुईवटी नायिकाबीचको पनि हो। यी दुवै नायिकाका गडफादर एकै हुन्– चलचित्र निर्देशक नरेश पौड्याल र नायिकाद्वयचाहिँ रेखा थापा र अरुणिमा लम्साल।

चलचित्र हिरोमार्फत नेपाली सिनेमा उद्योगमा प्रवेश गरेकी रेखा र यस्तै रहेछ जिन्दगीमार्फत आएकी अरुणिमा लम्सालबीच आन्तरिक रूपमा खासै सद्भाव छैन। ठाउँ र अवसर पाउनासाथ एकले अर्कालाई उडाइहाल्ने, छेड हानिहाल्ने अनि व्यङ्ग्य कसिहाल्ने गजबको शैली र यिनीहरूमा। यी दुई नायिकाको यो शैलीका कारण यी दुईको यस्तो दृश्य हेरेर धेरै चलचित्रकर्मीले धेरैपटक धेरै ठाउँमा मनोरञ्जन पनि लिने गरेका छन्। मुखले एकले अर्कालाई जे भने तापनि धन्य आजसम्म यी दुईबीच हात हालाहालको अवस्थाको सिर्जना भने भएको छैन।


केही दिनअगाडि पनि रेखा र अरुणिमाबीच यस्तै छेडछाड भयो र त्यो छेडछाडमा अन्ततः अरुणिमाले नै जितिन् रेखालाई। प्रसङ्ग कुनै एक सिनेमाको समारोहको थियो। सबै चलचित्रकर्मी रमझमका साथ झुमिरहेका थिए र रेखा थापा भने कसले कसलाई लिएर आयो, कोसँग को आयो? कसले कस्तो कपडा लगाएर आयो या कसको गाडी कस्तो थियो भन्ने चियो गर्नमा नै व्यस्त थिइन्। यत्तिकैमा न्यू ब्रान्ड र हेर्दैमा लोभ लाग्ने गाडी चढेर आइन् नायिका अरुणिमा लम्साल। यो देखेपछि प्याच्च बोल्नुपर्ने अर्की नायिका रेखा थापाले अरुणिमालाई भनिहालिन्, 'ओ हो! अरुणिमा गाडी त नयाँ किनिछर्यौय नि। फस्ट ह्याण्ड नै हो कि क्या हो?' रेखाको यो प्रश्न भुइँमा खस्न नपाउँदै अरुणिमाले जवाफ दिइहालिन्, 'रेखाजी यो कुरा ध्यान दिनुस् कि म सेकेन्डह्याण्ड केही पनि प्रयोग गर्दिनँ। न त गाडी न त श्रीमान्।


अरुणिमाको यो जवाफ सुनेपछि रेखा त लाजले चुप लागिन् नै, वरिपरि छरिएर रहेका अन्य सिनेकर्मीहरू पनि रेखाको नाजवाफ अवस्था देखेर हाँस्न थाले।


यत्तिकैमा अर्का सिनेकर्मीले थपिहाले, 'हुन पनि हो, रेखाको त गाडी मात्र होइन श्रीमान् पनि सेकेन्डह्याण्ड तर अरुणिमाको सबै फस्टह्याण्ड। कुरा त ठीकै हो।'


आफूभन्दा दोब्बर उमेरको मात्र नभएर दुई श्रीमतीका श्रीमान्सँग विवाह गरेकी रेखाको अनुपातमा अरुणिमाले गतिलै श्रीमान् पाएकी थिइन्। आफू माथि परेको समयमा अरुणिमाले पनि रेखालाई छाडिनन् र बिचरी रेखासँग अरुणिमालाई छेड हान्ने कुनै कुरा नै नभएपछि आफैं साइड लागेकी थिइन्।
 

- राजन घिमिरे
Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #69 on: December 21, 2009, 12:26:48 PM »

Logged
Pages: 1 ... 5 6 [7] 8 9 ... 11   Go Up
  Print  
 
Jump to:  

By their vary nature, discussion forums may carry offensive, harmful, inaccurate or otherwise inappropriate material, or in some cases, postings that have been mislabeled or deceptive. We expect that you use proper judgment and common sense and exercise caution when posting or viewing forum.xnepali.com. IF YOU DON'T AGREE WITH THE DISCLAIMER AND RULES PLEASE DON'T USE THIS SITE.
Powered by MySQL Powered by PHP Powered by SMF 1.1.11 | SMF © 2006-2009, Simple Machines LLC Valid XHTML 1.0! Valid CSS!
Page created in 0.608 seconds with 23 queries.