thulomulo
X.Jr Member
Reputation : +4/-3
Posts: 108
|
 |
« Reply #50 on: November 12, 2009, 08:59:48 PM » |
|
 माओवादीको सिंहदरवार घेराउ कार्यक्रममा गीत गाएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई नचाउदै नायिका रेखा थापा । [/quote] This is what u call 'shit bloddy opportunists'!
|
|
|
|
|
Logged
|
2012 Doomsday is a hoax! I'll survive!
|
|
|
tundikhel
X.Hero Member
Reputation : +57/-7
Posts: 8124
|
 |
« Reply #51 on: November 12, 2009, 11:46:00 PM » |
|
This is what u call 'shit bloddy opportunists'!
Pragy Pratisthan or nachghar or film board or testai kunai ko job pakka !! 
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +57/-7
Posts: 8124
|
 |
« Reply #52 on: November 20, 2009, 07:12:35 AM » |
|
प्रचण्डजीलाई फिल्ममा खेलाउनुभन्दा बरु म नै... रेखा थापा
प्रचण्डसँग नाच्दा कस्तो महसुस गरियो? नाच्दाको क्षणलाई तपाईंले आफ्नो मन–मस्तिष्कमा कसरी सजाउनुभएको छ? – प्रचण्ड यो देशकै उच्च राजनेता हुनुहुन्छ। म १६ वर्षकी हुँदादेखि नै, जतिबेला माओवादी पार्टी भूमिगत थियो, प्रचण्डकी ग्रेट फ्यान थिएँ। यसरी माओवादी आन्दोलनको बेला उहाँसँगै पहिलोपटक नाच्न पाउँदा निकै रमाइलो महसुस गरेँ। तर, म नाचेर रमाइलो गर्नकै लागि प्रि–प्लान बनाएर त्यहाँ गएकीचाहिँ होइन। अचानक नै त्यस्तो परिस्थिति आइपरेको हो। माओवादीले त नागरिक सर्वोच्चता प्राप्त गर्न भनेर नाचगानसहितको आन्दोलन गरेको थियो, त्यसरी नाचेपछि नागरिक सर्वोच्चता प्राप्त हुन्छ भन्ने ठानेर नै तपाईं पनि नाच्नुभएको होइन र? – हेर्नुस्, माओवादीले शान्ति स्थापना र नागरिक सर्वोच्चताका लागि धेरै दुःख गरिरहेको छ भन्ने मलाई लाग्छ। त्यहाँ एक–दुईजना होइन लाखौँ जनता भेला भएर आन्दोलनमा सहभागिता जनाइरहेका थिए। म पनि जनतामध्येकी एक हुँ र राम्रो काममा सरिक हुनु राम्रै कुरा हो। पक्कै पनि कुनै फिल्मको प्रमोसनका निम्ति म त्यसरी नाच्न गएकी होइन, त्यस हिसाबमा भन्नुपर्दा आन्दोलनको उद्देश्यप्राप्तिमा केही न केही सहयोग त मैले पुर्यााएँ नि। बाबुराम भट्टराई या मोहन वैद्यसँग ननाचेर प्रचण्डसँगै नाचेकोचाहिँ किन हो नि? – त्यतिबेला बाबुरामहरू त्यहाँ हुनुहुन्नथ्यो, भएका भए उहाँसँग पनि नाच्ने मुड आउन पनि सक्थ्यो होला। तपाईंलाई माओवादीले आन्दोलन गरेको वास्तवमा किन होला जस्तो लाग्छ? – धेरैले माओवादीले सत्ता पाउन आन्दोलन गरेको भनेका छन्, गर्दै जाँदा उसले सत्ता पाउन पनि सक्ला, तर जनताको हितकै लागि गरेको हो जस्तो लाग्छ मलाई त। माओवादी सरकारमा छँदा चलचित्र विकास बोर्डलाई एक करोड प्रदान गर्योह, अरूले कलाकारलाई रातिको भोजभतेर र चियापानमा मात्र सरिक गराउन लायकका हुन् भनेजस्तो व्यवहार देखाउँछन् तर माओवादीले त कलाकारले देश र समाजका अन्य कार्यमा पनि कुशलता देखाउन सक्छन् भन्ने किसिमले इज्जत दियो, बुझ्नु भो? माओवादी जनगणतन्त्र स्थापनाका लागि क्रियाशील छन् भन्ने तपाईंलाई थाहा छ कि छैन? जनगणतन्त्र भनेको कस्तो व्यवस्था हो, थाहा छ? – म एक कलाकार हुँ, कसैको निजी नभएर सबैकी हुँ, अर्थात् देशकै हुँ। मैले त्यस्ता सिद्धान्तका कुरा गहिरिएर बुझ्ने फुर्सद र अवसर पाएकी पनि छैन। मलाई यत्ति थाहा छ कि देश र जनताका लागि जुनसुकै पार्टीले पनि राम्रो कामको आयोजना गर्छ भने फुर्सदअनुसार म त्यसमा सरिक हुनुपर्छ र हुन्छु पनि। यो वा त्यो भनेर पक्षपात गर्दिनँ म। नृत्यका क्रममा कि लाऊ माया मैतिर.. भन्ने गीत नै रोज्नुको कारण के थियो नि? – भनिहालेँ म राजनीति गर्ने नेता होइन, नत्र त्यहाँ 'गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ..' भन्थेँ होला, आफ्नै फिल्मका आफैंले अभिनय गरेका गीत गाऊँ भने आफ्नो फिल्मको प्रचार गर्न पो आइछ भन्लान्। कुनै प्लानिङ भएको भए कुरो अर्कै हुन्थ्यो। मैले त त्यहाँ देशका कुनाकुनाबाट आएका आमनेपाली आफ्नै दर्शकहरूलाई देखेँ, अनि मलाई झ्वाट्ट फुर्यो कि यस्तो लोकगीत त आमनेपालीकै गीत भएकोले यो सबैलाई मन पर्छ, तब एक्कासि म गाउन थालेँछु। अब तपाईंलाई दर्शकले माओवादी कार्यकर्ता भइछिन् भन्ने ठान्न मिल्ला कि नमिल्ला त? – त्यस्तो ठान्न मिल्दैन, ठाने भने मेरो चित्त दुख्छ। म सबैकी हुँ भनेर भनिसकेँ नि त। प्रचण्डलाई सिनेमामा खेलाउने या तपाईं राजनीतिमा लाग्ने, दुईमध्ये कुनचाहिँ सहज या सम्भव होला? – हा..हा..हा..। मलाई एकैछिन नाचमा साथ दिँदैमा प्रचण्डजीलाई सिनेमामै खेलाउन सकिएला भन्ने त कसले ठान्लान् र? मेरो विचारमा प्रचण्डजीलाई फिल्ममा खेलाउनभन्दा म राजनीतिमा लाग्ने काम नै बरु सजिलो होला है।
- घटना र विचार
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +57/-7
Posts: 8124
|
 |
« Reply #53 on: November 20, 2009, 07:14:00 AM » |
|
रेखाको नागरिक सर्वोच्चता हनन भयो रे
काठमाडौं। नेपाली चलचित्रकी सबैभन्दा ग्ल्यामर्स नायिकाको छवि बनाएकी रेखा थापा माओवादीमा प्रवेश गरेकी छन्। माओवादीले घोषणा गरेको दोस्रो चरणको आन्दोलनको अन्तिम कार्यक्रम सिंहदरबार घेराउमा भद्रकालीमा आयोजित सांस्कृतिक कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड सँगसँगै नाचेर आफू माओवादीमा प्रवेश गरेको उनले पुष्टि गरेकी हुन्। उनले प्रचण्डसँग कुममा कुम मिलाएर नाचेकोमात्र होइन, नागरिक सर्वोच्चता हनन भएको र त्यसको लागि राष्ट्रपतिको कदम सच्चिनुपर्ने भाषणसमेत गरिन्। तर उनको भाषण सुन्नेहरू सबै छक्क परेका छन्, रेखाको कसरी नागरिक सर्वोच्चता हनन भयो भनेर। सडकमा हिँड्दा उनले छोटो लुगा लगाउन पाएकै थिइन्, प्रायः चलचित्रमा उनले वान पिस कपडा लगाउन पाएकै थिइन्। मनमा लागेका कुरा जसलाई पनि भन्न पाएकी थिइन्। यस्ता हर्कतमा छुट पाएकी रेखाको भनाइ सुनेपछि चलचित्र क्षेत्रमा यस विषयले ठूलो चर्चा पाएको छ।
२६ गते भद्रकालीमा प्रचण्डले घेराउ कार्यक्रमको नेतृत्व गरेका थिए भने अन्य सात ठाउँमा पनि माओवादीले घेराउ कार्यक्रम राखेका थिए। तर रेखा भने प्रचण्डले नै नेतृत्व गरेको कार्यक्रममा पुगिन्। चलचित्र प्रहारको सुटिङ नै छाडेर आएको बताउने रेखाले सुरुमा संगीतकार चेतन सापकोटाले घेराउ कार्यक्रममा बोलाएको बताएकी थिइन्। तर समाचार स्रोतअनुसार सुटिङ युनिटलाई जसरी पनि माओवादीको कार्यक्रममा सहभागी हुनुपर्छ भन्दै उनले आफ्ना नजिकका नायक, नायिका, गायक, गायिकालाई आमन्त्रण गरेको बताइन्छ। उनका सहकर्मीले माओवादी विचारसँग आस्था राखे पनि सार्वजनिक आन्दोलनमै नजान सुझाव दिएका थिए।
स्मरणीय छ, केही समयअघिमात्र रेखा पति छवि ओझा माओवादीमा प्रवेश गरेका थिए। तर त्यसबेला रेखा औपचारिक रूपमा माओवादीमा प्रवेश गरेकी थिइनन्। केही कलाकार माओवादीमा प्रवेश गरेको खबरले सिनेक्षेत्रमा व्यापक चर्चा परिचर्चा चलेको थियो। माओवादीमा प्रवेश गर्ने कलाकार, निर्माता, निर्देशक, नायक, नायिका तथा संगीतकारहरूको अवस्था अहिले ज्यादै नाजुक छ। हिजो फटाफट चलचित्रमा काम पाइरहेका ती चलचित्रकर्मी अहिले माओवादी आन्दोलनमा सहभागी हुन सडकमा कुदिरहेका भेटिन्छन्। उनीहरूको हात एकाध चलचित्रमात्र छ।
यसैबीच, रेखाले माओवादी आन्दोलनमा सहभागी जनाएपछि चलचित्र क्षेत्रमा उनको दिन सकिएको विश्लेषण गर्न थालिएको छ। यसअघि नाम चलेका नायकहरूसँगको विवादका कारण उनले चलचित्र पाउनै छाडेकी थिइन्। केही सानो ब्यानरका चलचित्रमा फाट्टफुट्ट चलचित्र पाए पनि ती चलचित्रले राम्रो व्यापार गर्न नसकेका कारण रेखालाई आफ्नो चलचित्रमा लिन निर्माता/निर्देशक हच्किएका हुन्। सार्वजनिक रूपमै माओवादी कार्यक्रममा सहभागी हुन थालेपछि रेखा थापा अभिनित चलचित्र अन्य पार्टीसँग आस्था राख्ने दर्शकहरूले नहेर्ने चेतावनी आउन थालेको छ। हिजो राजसंस्था अस्तित्वमा रहँदा राजसंस्थाले नेपाली चलचित्र उद्योगका लागि ठूलो योगदान दिएको भन्दै उसको तारिफ गर्ने चलचित्रकर्मी अहिले माओवादीले राजसंस्थाकै जस्तो योगदान दिएको बताउँदै हिँड्न थालेका छन्। यसो भन्नेमा रेखा थापा पनि पर्छिन्। यसै साता उनले एभिन्युज र माओवादीद्वारा सञ्चालित एबीसी टेलिभिजनसँग कुराकानीका क्रममा माओवादी ठूलो पार्टी भएको र देशभरि उसका थुपै्र कार्यकर्ता रहेको बताउँदै माओवादीले चलचित्र उद्योगका लागि धेरै काम गरेका भन्दै उसको तारिफ गरिन्। तर चलचित्र उद्योगका लागि उसले के के राम्रो काम गर्योो भन्ने कुरा उनले बताउन चाहिनन्।
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +57/-7
Posts: 8124
|
 |
« Reply #54 on: November 24, 2009, 03:38:41 PM » |
|
 नायिका रेखा थापा र द्वन्दनिर्देशक राजेन्द्र खड्की राजधानीमा आयोजित एक कार्यक्रममा दिल खोलेर हाँस्दै ।
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +57/-7
Posts: 8124
|
 |
« Reply #55 on: November 28, 2009, 12:32:02 PM » |
|
sexy chhe
yes 
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +57/-7
Posts: 8124
|
 |
« Reply #56 on: November 30, 2009, 01:58:43 PM » |
|
Rekha and Aryan Sigdel 
|
|
|
|
|
Logged
|
|
|
|
hindenburg
X.Jr Member
Reputation : +19/-0
Posts: 158
|
 |
« Reply #57 on: November 30, 2009, 09:20:33 PM » |
|
No nude pics of rekha?
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +57/-7
Posts: 8124
|
 |
« Reply #58 on: December 12, 2009, 09:36:51 AM » |
|
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +57/-7
Posts: 8124
|
 |
« Reply #59 on: December 16, 2009, 01:58:37 AM » |
|
|
|
|
|
|
Logged
|
|
|
|
|