tundikhel
X.Hero Member
Reputation : +56/-7
Posts: 8104
|
 |
« Reply #30 on: August 21, 2009, 11:59:17 PM » |
|
मलाई जिन्दगी यो लाग्दछ -- नारायण गोपाल
मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछौ यो पीर हो जे छन् सबै ति व्यर्थ छन्, तिंमी भन्दछौ यो प्यार हो
वहकिन्छु म सन्तापले सल्केर आगो जल्दछु खाली भएर सुन्य झैं यहाँ खण्डहर झैं जिउदछु मेरा सारा सारा भावलाई आकाश मेरो भन्दछु तर मोहलाई म के भनूँ तिमी भन्दछौ यो भार हो
पोखिएकै म पानी भै कहिं शीत भै म अल्झिए थाम्न नसक्दा वेदना कहिं घाउ भएर बल्झिए निर्दोश अनेक नजरमा म आँशू बनेर रोकिए मझधारलाई म के भनूँ, तिमी भन्दछौ यो किनार हो
मुटुको हरेक - नारायण गोपाल
मुटुको हरेक नशा मा तातो शाहस उमाली प्रण गर्छौ सदा देश को निम्ति एक भै नेपाली एक भै नेपाली
माटो र ढुंगा, बाहु र बल ले सम्हाली राख्दछौं गौरव गाथा वीरको नाता झन् उच्च राख्दछौं हिमगिरी छर्छन् सदैब सुन्दर शान्तिको सुवास नेपाली जाती हुदैन कहिले अल्छी र उदाशी मुटुको हरेक नशा मा तातो शाहस उमाली प्रण गर्छौ सदा देश को निम्ति एक भै नेपाली एक भै नेपाली
हिमाल मेरो विशाल चुलि नदेख्ने को छ र? यो कर्मभूमी बुद्ध को जन्म बिर्सने को छ र? नेपाली आत्मा सम्पूर्ण बोल्छ विश्वको कण-कण मा पहारा गर्छौ धैर्य ले हामी दिएर सम्मान मुटुको हरेक नशा मा तातो शाहस उमाली प्रण गर्छौ सदा देश को निम्ति एक भै नेपाली एक भै नेपाली
|
|
|
|
|
Logged
|
|
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +56/-7
Posts: 8104
|
 |
« Reply #31 on: August 22, 2009, 12:00:35 AM » |
|
यो गीत पञ्चायत कालमा सेक्सी भयो भनी, ३० बर्ष प्रतिबन्धित भाकोथ्यो । नारायण दाई बाचुन्जेल यो गीत संचार माध्यम म बजेन । अरु पनि केही गीत हरु यौन उत्तेजक थानेर प्रतिबन्धित भाका थिए ।
गल्ती हजार हुन्छन यहाँ होश हराएको बेला, एक्लै तिमी न आउ म मातिएको बेला ।
यी मेरा हातहरु ले कहीं घात् गर्न सक्छ, अनि प्यार् गर्दा गर्दै पाप पनि गर्न सक्छ, रक्षक मलाई न सम्झ्, म राक्षस भाको बेला, एक्लै तिमी न आउ, म मातिएको बेला
कहीं धर्म गर्ने निहुमा बलिदान् हुन नपाओस्, सम्पूर्ण अङग बांधी अत्याचार् हुन नपाओस्, मेरा कामनाहरुले मलाइ हराइ दिन्छ, तिमी भन्दा तिम्रो यैवन कहि मन् पराइ दिन्छ। रक्षक मलाई न सम्झ्, म राक्षस भाको बेला, एक्लै तिमी न आउ, म मातिएको बेला
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +56/-7
Posts: 8104
|
 |
« Reply #32 on: August 22, 2009, 12:01:48 AM » |
|
जीवन देखि धेरै धेरै नै थाकेर , म मुर्दा भएको तिमी आज हेर, म मुर्दा भएको तिमी आज हेर
कति सस्तो जीवन, कति सस्तो मान्छे जताततै देख्छु मान्छे माथि मान्छे सयौं पेट मारी न अघाउने मान्छे अबलालाइ दुख्दा रमाउने मान्छे ढांटेर साटें यो कालो मुटुलाइ म जन्मेकै भेषमा तिमि आज हेर म मुर्दा भएको तिमि आज हेर
यहाँ ढुङ्गाले गर्छ मुर्तिको अभिनय यहँ कुकुर् पनि गर्छ मन्छे को अभिनय कस्लाइ मन्छे भन्ने कस्लाइ देब् भन्ने यो परिभाषा आज च्यातिएको हेर म मुर्दा भएको अज तिमि हेर
जीवन देखि धेरै धेरै नै थाकेर , म मुर्दा भएको तिमी आज हेर, म मुर्दा भएको तिमी आज हेर
Himal Sari ma Agli Rahechhu Samata Samata Samata malai
Baadal sarid Ma Pagli Rahechhu Samhala Samhala Samhala malai
Yi Taara (star) kati chhan, Ma ganna sakunla Tara (but) timro maya, kati chha nasodha Jahan Bar le Peepal angalera baschha Tmiro mero saino, utai tira khoja, utai tira khoja Dulhai sari ma sajirahechhu, Uchala Uchala Uchala malai
Ma khola banera sustari aaunla Timro Saagar ma kahin thaun deu Timra sara trishna mai meti diunla Malai timi nai sametina deu, sametina deu Aakash sari ma faili rahechhu, Angala Angala Angala Malai
Ma Kasari Bhanu Yo Maya Ho म कसरी भनूँ यो माया हो न तिमी मेरी न म तिम्रो बरु भनिदेऊ यो सपना हो जो तिम्रो हो अनि मेरो म कसरी भनूँ
यति नगिच भएर पनि हामी तढ नै हुनु पर्छ एकै नदी भएता पनि हामी दुईटा किनार हुनु पर्छ म कसरी भनूँ यो मिलन हो न तिमी मेरी न म तिम्रो बरु भनिदेऊ यो सपना हो जो तिम्रो हो अनि मेरो म कसरी भनूँ
तिम्रो मन मैले जितेर पनि आफैसित म हराउनु पर्छ कलिला कोमल प्रीतीको बेल फूल्नु अघिनै मर्नु पर्छ म कसरी भनूँ यो संगम हो न तिमी मेरी न म तिम्रो
Jeevan Ko Harek Mod Ma Narayan Gopal: जीवनको हरेक मोडमा तिमीले मलाई भेट Aruna Lama: म भागे जस्तो गर्छु तिमी मेरो बाटो छेक Narayan Gopal: जीवनको हरेक मोडमा तिमीले मलाई भेट
Aruna Lama: म धेरै टाढा हुन्न तिमीले मलाई खोज तिमीलाई भेटेपनि तिमीलै म त छुन्न तिम्रो नशालु हातले तिमीले मलाई छोऊ म डराए जस्तो गर्छु तिमी आँट मलाई देऊ जीवनको हरेक मोडमा तिमीले मलाई भेट
Narayan Gopal: जब लड्न लड्न खोज्छु म तिम्रो सामु पुग्दा ति कोमल पाखुरामा तिमीले मलाई थाम तिमीले चाहे जति माया तिमीले मलाई देऊ म रिसाए जस्तो गर्छु तिमी ले मलाई फकाउ जीवनको हरेक मोडमा तिमीले मलाई भेट -- Singers: Narayan Gopal/Aruna Lama Music/Lyrics: Gopal Yonjan
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +56/-7
Posts: 8104
|
 |
« Reply #33 on: August 22, 2009, 12:02:45 AM » |
|
Ma Kasari Bhanu म कसरी भनूँ यो माया हो न तिमी मेरी न म तिम्रो बरु भनिदेऊ यो सपना हो जो तिम्रो हो अनि मेरो म कसरी भनूँ
यति नगिच भएर पनि हामी टाढा नै हुनु पर्छ एकै नदी भएता पनि हामी दुईटा किनार हुनु पर्छ म कसरी भनूँ यो मिलन हो न तिमी मेरी न म तिम्रो बरु भनिदेऊ यो सपना हो जो तिम्रो हो अनि मेरो म कसरी भनूँ
तिम्रो मन मैले जितेर पनि आफैसित म हराउनु पर्छ कलिला कोमल प्रीतीको बेल फूल्नु अघिनै मार्नु पर्छ म कसरी भनूँ यो संगम हो न तिमी मेरी न म तिम्रो
--Narayan Gopal
Kahile kaahi ma haaschu कहिले काँही म हाँस्छु - धेरै बेर हाँस्छु जो हाँसिरहेछन् केवल उनीहरुको उनीहरु को माझ हाँस्छु
न त कहिले कसैले सोधे न त मैले कसैलाई सुनाए आफ्नो जीवनका पिडाहरुलाई कहिलेकाँहि रिसाँउछु आगो भई रिसाँउछु जो अत्याचार गरिरहेछन् केवल उनीहरु -- उनीहरुसित रिसाँउछु
सधै अपूरो भै रह्यो सधै अधुरो रहिरह्यो आफ्नो जीवनका लक्ष हरु सारा कहिलेकाँही पिउँछु तर धेरै पिउँछु जो होश हराउन खोज्छन केवल उनीहरु -- उनीहरुसित पिउँछु कहिले काँही कहिले काँही Singer: Narayan Gopal Lyircs: Nir Shah Music: C.K. Rasaili
मेरा सबै रात हरु मातहरु भए जिन्दगी नै नबुझ्ने बातहरु भए आँफैलाई राखने यहाँ कुनै ठाउँ भएन सारा रात बेहोशिका बारातहरु भए
सधैं यो सडक मा म के के खोज्दै हिडछु, आफन्त को माझ मा परिचय खोज्दै हिडछु भुलेर बजारभरिका हजार बैंश हरु भुलेर बजारभरिका हजार बैंश हरु म त आफूलाई हराइ आँफै खोज्दै हिडछु
कहिले काहीं बिर्सिएर आकाश खोज्दै हिडछु भात्किएको मेरो पुरानो त्यो बास खोज्दै हिडछु धेरै नै भयो अल्झेको यहाँ भीड भित्र धेरै नै भयो अल्झेको यहाँ भीड भित्र तिनै भीड्मा जिन्दगीको आभास् खोज्दै हिडछु
मेरा सबै रात अब मात् हरु भए _ _ _ _ _ _
गीतकार: नर्देम्ब रोम्बा संगीतकार: चन्दन लोङ्जेल
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +56/-7
Posts: 8104
|
 |
« Reply #34 on: August 22, 2009, 12:04:52 AM » |
|
Timilai Bhulda Ma Eklo Parechu तिमीलाई भुल्दा म एक्लो परेछु तिमीलाई सम्झे तिमी साथ आयौ कुनै चिज मीठो म खोजिरहेथे म् सोंचिरहेथे तिमी याद आयौ
उज्ज्यालो बढेझैं भयो आज झन् झन् उज्ज्यालो त मुस्कानले बल्छ भन्छन् कि मैलाई सम्झि तिमी मुस्कुरायौ कि आयौ तिमी चाँदनी रात आयो कुनै चिज मीठो म खोजिरहेथे म सोंचिरहेथे तिमी याद आयौ
तिमीले पनि सम्झिएकि भए लौ चुम्यौ चाहनाले अझै मन् परायौ मलाई भुलेकि भए के भनू ख्वै तिमी हर्षायौ के बिस्मात आयो कुनै चिज मीठो म खोजिरहेथे म सोंचिरहेथे तिमी याद आयौ
Singer: Narayan Gopal Music: Divya Khaling Lyrics: Kanchan Pudasaini
Timro Jasto Mutu तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि नबोलाउ मलाई निष्ठूरी भनि तिम्रो जस्तो बाधा मेरो पनि
तिमीलाई अंगाली कता कता भागी जाने धोको मेरो पनि तर पाँउमा दस्तूरको तिम्रो जस्तो कल्ली मेरो पनि दुई प्राण एक नभएपनि तिमी सितै बँच्छ मेरो पनि नबोलाउ मलाई निष्ठूरी भनि तिम्रो जस्तो बाधा मेरो पनि
देवता त होइन म पनि धेरै कमजोरी छ मेरो पनि पिर वेदना तिम्रो जति त्यती नै त छ यहाँ मेरो पनि रातमा रोएछौ तिमी पनि तिमी जस्तै रोएँ मै पनि नबोलाउ मलाई निष्ठूरी भनि तिम्रो जस्तो बाधा मेरो पनि
Singer: Narayan Gopal Music/Lyrics: Gopal Yonjan
Yesai Gari Bitai Dinchu यसै गरि बिताईदिन्छु दुई दिनको जिन्दगी हाँसोमा लुटाईदिन्छु आफु आँशुमा डुबी यसै गरि बिताईदिन्छु दुई दिनको जिन्दगी
भीड छ म भीडमा आफूलाई बिलाईदिन्छु बिर्सिदिन्छु आफुलाई होशमा हराईदिन्छु कि त लुकी यतै कतै रोईदिन्छु सुस्तरी हाँसोमा लुटाई दिन्छु आफु आँशुमा डुबी
च्याती दिन्छु आफुलाई बालिदिन्छु साँझमा फालिदिन्छु आफुलाई दिनहरुको माझमा गाईदिन्छु गीत आफ्नो आफैलाई नै पिई हाँसोमा लुटाईदिन्छु आफु आँशुमा डुबी Singer: Narayan Gopal Music: Narayan Gopal Lyrics: Kali Prasad Rijal
Aljhecha Kyare Pachyouri
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टा मा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
आउछकि चेली भनेर आमा दोबाटो धाएकी तिजमा पनि बिर्सेछ क्यारे गरिब माईती सल्लाझै आमा सुसाई रहिन, सल्लाझै आमा सुसाई रहिन एकलै कोठामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
छोरीलाई आशिष हाल्न पाईन अन्तिम कालै मा भन्थेनी बाबाले आँशु झारी टिकाको थाली मा त्यै आँशु टिका पठाइदिउकि, त्यै आँशु टिका पठाइदिउकि प्रवासको पातमा अलझेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला क्षितिजमा जस्तै निधारमा हाम्रो इण्द्रेणी लर्केला दिन भरि काग कराई रह्यो, दिन भरि काग कराई रह्यो बेलको ठूटामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा Music: Narayan Gopal Singer: Narayan Gopal Lyrics: Bhupi Sherchan
यति चोखो यति मिठो दिउला तिमीलाइ माया बिर्सने छ्न साराले पुराना प्रेमका कथा
मेरा सारा जिवन सबॆ तिमीलाई मिठा मिठा क्षनहरु सबॆ तिमीलाई मेरा सारा जिवन सबॆ तिमीलाई मिठा मिठा क्षनहरु सबॆ तिमीलाई मेरो खुशि मेरो सुख सबॆ सबॆ तिमीलाई
यति चोखो..
आखा भित्र बस्नु तिमी छातीमा निदाउनु सपनीमा पनि मलाइ सुस्तरी चिहाउनु आखा भित्र बस्नु तिमी छातीमा निदाउनु सपनीमा पनि मलाइ सुस्तरी चिहाउनु सधॆ सधॆ तिमी मेरी माया बनि आउनु आउनु
यति चोखो यति मिठो दिउला तिमीलाइ माया बिर्सने छ्न साराले पुराना प्रेमका कथा
आजै र राती के देखेँ सपना मै मरि गएको, मै मरि गएको बतास बिना हांगाको फूल भुइँ झरि गएको, भुइँ झरि गएको
मर्स्याङ्ग्दी नदी नरमाईलो सुसाईरहेको कहाँ हो कहाँ बादल भित्र म रोईरहेको, म रोईरहेको
वारि र पारि घाम र छायाँ माझैमा पियार संसारमा जन्म, दिएर ईश्वर बैँशमा नमार, बैँशमा नमार
आजै र राती के देखेँ सपना मै मरि गएको, मै मरि गएको बतास बिना हांगाको फूल भुइँ झरि गएको, भुइँ झरि गएको
रचना – माधब घिमिरे
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +56/-7
Posts: 8104
|
 |
« Reply #35 on: August 22, 2009, 12:05:53 AM » |
|
मेरो यो गितमा जुन मुर्छना छ त्यो तिमी होइनौ को भन्न सक्छ, को भन्न सक्छ
एउटै छ धरती आकाश एउटै एउटै छ उच्छवाश चाहना एउटै तरङ्ग धेरै विक्षिप्त मनमा आँखाले मात्र को गन्न सक्छ को गन्न सक्छ
तिमी हात देउ म प्रित दिन्छु तिमी आँट देउ म जित दिन्छु रहर कुँदेका पाइलाहरुलाई बन्धनको सागर को खन्न सक्छ को खन्न सक्छ
Singer: Narayan Gopal Music: Amber Gurung
पोखिएर घामको झुल्का भरी सघारमा तिम्रो जिन्दगीको ढोका खोलु खोलु लाग्छ हॆ खोलु खोलु लाग्छ हॆ
सयपत्री फुलसितॆ फ़क्री आगनॆमा बतासको भाका टिपी बोलु बोलु लाग्छ हॆ बोलु बोलु लाग्छ हॆ
कति कति आखाहरु बाटो छेक्न आउछन कति कति आखाहरु बाटो छेक्न आउछन परेलीमा बास माग्न कति आखा धाउछ्न यति धेरॆ मानिसका यति धेरॆ आखाहरु मलाइ भने तिम्रॆ आखाहरु रोजु रोजु लाग्छ हॆ रोजु रोजु लाग्छ हॆ
उडु उडु लाग्छ किन प्वाख कॆले पलायो उडु उडु लाग्छ किन प्वाख कॆले पलायो मनको शान्त तलाउको पानी कस्ले चलायो आफ़ॆलाई थाहा छॆन कस्लाई थाहा होला त्यसॆले त तिमी सित सोधु सोधु लाग्छ हॆ सोधु सोधु लाग्छ हॆ
पोखिएर घामको झुल्का भरी सघारमा तिम्रो जिन्दगीको ढोका खोलु खोलु लाग्छ हॆ खोलु खोलु लाग्छ हॆ
Syanai Huri Ma
सानै हुरीमा वैशको सपना सिमल को फूल झैं झरी गयो तिमी के गयौ खुशीले पनि, तिमी के गयौ खुशीले पनि मलाई आँखा तरी गयो सानै हुरीमा वैशको सपना
धेरै हाँसे साच्चिनै रुनु पर्दो रहेछ हाँसोलाई आँशुले धुनु पर्दो रहेछ बिर्स भन्ने निष्ठूरी बिर्सु कसरी, बिर्स भन्ने निष्ठूरी बिर्सु कसरी पहिले नै टाढा टाढा हुनु पर्दो रहेछ सानै हुरीमा वैशको सपना
वेदनाले ओठ निलो भै सक्यो अब त आँखा पनि गिलो गिलो भै सक्यो अब त नरोउ भन्दैमा के रुक्थे यि मेरा आँशुहरु, नरोउ भन्दैमा के रुक्थे यि मेरा आँशुहरु साह्रे नै साह्रै ढिलो भै सक्यो अब त सानै हुरीमा वैशको सपना
Singer: Narayan Gopal Music: Gopal Yonjan Lyrics: Bhupi Sherchan
Bipana Nabhai Baanchi Dine
विपना नभई बाँचिदिने म भित्र का मेरा सपना म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना
आँशु सितै पग्ली झरने हाँसो भित्रै खेलिरहने प्रित नपाई रोजी हिड्ने ति अधुरा मेरा सपना
भावनामा अल्झिरहने कल्पनामा बल्झि रहने जीवन नपाई खोजि हिड्ने ति पुराना मेरा सपना
Music/Lyrics: Gopal Yonjan Singer: Narayan Gopal
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +56/-7
Posts: 8104
|
 |
« Reply #36 on: August 22, 2009, 12:07:03 AM » |
|
PRIYASHI KA YAAD HARU प्रियसीका यादहरु कोरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरें पिरतीका घातहरु भरिएको मुटु रसिएका दुई आँखालाई सुकाएर हेरें प्रियसीका यादहरु
जीवन यहाँ जताततै अंगालेको कथा जस्तै यहाँ मुटु चारैतिर भंगालेको व्यथा जस्तै आफ्नै पाइला आफ्नै बाटो संगालेको जेथा जस्तै प्रियसीका यादहरु
सम्झनाका छाँयाहरु छाती भरि धुंवा जस्तै तिर्खाएको पानीलाई नमेटिने कुंवा जस्तै वास खोज्दै उडी हिड्ने सिमलको भुवा जस्तै प्रियसीका यादहरु कोरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरें प्रियसीका याद हरु Lyrics/Music: Dibya Khaling Singer: Narayan Gopal
|
|
|
|
|
Logged
|
|
|
|
|
|
|