Nepali Community Forum - सबै नेपालीको साझा फोरम
XNepali Home   l  Blog/movies   l  Nepal News   l  Songs   l  Videos   l  Image Host   l  Unicode Nepali   l  Gallery   l  Tech Tips   l  HTML editor
September 09, 2010, 04:35:42 PM *
Welcome, Guest. Please login or register.

Login with username, password and session length
 
   Home   Help Login Register  
"Art & Photography" moved to Entertainment Section. New section "Nepali Models" added and 'Music" and "Video" are merged.
Pages: 1 [2] 3   Go Down
  Print  
Author Topic: Comedy Tele Serials Talk  (Read 6351 times)
0 Members and 1 Guest are viewing this topic.
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #10 on: January 03, 2010, 01:47:33 PM »

मुख बिगार्नेको पछि को लाग्छ ?

       

जितु नेपाल

नेपाल टेलिभिजनबाट प्रसारित हास्य टेलिश्रृंखला ‘ट्वाक्क-टुक्क’बाट पहिचान बनाएका जितु नेपाल हास्य अभिनेताको रुपमा स्थापित भइसकेका छन् । दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका उनले अहिले ‘जिरे खुर्सानी’ नामक हाँस्य टेलिश्रृंखलामार्फत दर्शकलाई हसाई रहेका छन् । दिनेश डि.सी र सन्तोष पन्तको प्रभावबाट कलाकारिता क्षेत्रमा लागेका जितु पछिल्लो समय दमन रुपाखेतीसंगको जोडी तोडेर ‘जिरे खुर्सानी’मा शिवहरि पौड्यालसँग अभियनमा जमेका छन् । पछिल्लो समय बेलायत गएका नेपाली बिद्यार्थीको दुःख पिरबारे देखाइरहेका जीतुसंग अनलाइनखबरले काठमाण्डौंमा गरेको कुराकानीको संक्षेप ।


० जिरे खुर्सानीमा एसएलसी पास गर्नु भा’छ, साँच्चिको चाहीँ कति पढनु भा को हो ?

- आई. ए पास छु ।

० विदेश पनि जानु भो साँच्चिकै दुःख पाउने रहेछन् त नेपालीले ?

- धेरै जसोले दुःख पाएको देखियो । आफन्त नहुने र पैसा कम बोकेर जानेले दुःख पाएका छन् । वास्तवमा विदेशको रियालिटी बुझेर मात्र उता जानु पर्ने रहेछ ।

० राज्यको राम्रो नीति नभएर नेपाली विदेशीएका हुन ?

- देशको अवस्था यस्तो छ, विदेश नगएर के गर्ने । राज्यले नै यता केही राम्रो नीति ल्याए त को विदेश जान्थ्यो र ?

० पर्दामा त खुव लभ गर्दै हिडनु हुन्छ, रियल लाईभमा कतिको केटी घुमाइयो त ?

- त्यस्तो घुमाइएन । विहे पनि एरेञ्ज नै गरियो । त्यस्तो अवस्थै आएन ।

० कलाकारहरको पछि लाग्ने त हुन्छन नि ?

- मुख विगारेर हँसाउने पछि को पो लाग्छन र ?

० मुख विगारेर मात्र हँसाउनु राम्रो हो र ?

- त्यो त परिस्थिति अनुसार हुन्छन् । कसैले मुख विगारेको मन पराउँछन, कसैले अरु नै ।

० जोडी टुट्दा र जम्दाको असर कस्तो पर्‍यो ?

- जोडी जमेको राम्रो हो । टुट्दा पनि आपसी सहमतीमा नै भएको हो । दमनजी र मेरो अहिले पनि राम्रो सम्बन्ध छ । केही त्यस्तो छैन । हामीले आ-आˆनै तरिकाले काम गरेका छौं ।

० चलचित्रमा पनि अभिनय गर्नु भो, तर आज आजभोली किन देखिन छोडनु भो नि ?

- वास्तवमा मिल्ने खालको भुमिका नै पाईएन, फेरि पैसा पनि कम पाइने । पर्दा मात्र ठूलो, अरु सबै कुरा सानो ।

० हाँस्य कलाकारलाई जोकरको रुपमा बढी प्रयोग गर्ने भएर हो कि ?

- त्यो पनि हो । राम्रो भुमिका दिदैनन् । कमेडीयनलाई खासै प्राथमिकता दिएको देखिँ दैन् ।

० स्टेज शो, चलचित्र र टेलिभिजन रोज्नु पर्दा ?

- स्टेज शो र टेलिभिजन नै रोज्छु ।

० टेलिभिजन हाँस्य कार्यक्रम निकै फस्टाउँदो छ नि ?

- टेलिभिजन च्यानलहरुको बढ्दो संख्यासँगै हाँस्य श्रृंखलाहरु पनि बढिरहेका छन् । एकातर्फ आर्थिक स्थिति सुधारिएको देखिन्छ भने अर्कोतर्फ गुणस्तर खस्केको पनि देखिन्छ । समग्रमा भन्दा राम्रा रहन्छन्, नराम्रा बढारिन्छन् ।
Logged
Shoerace
X.Jr Member
*

Reputation : +9/-13
Posts: 154


View Profile
« Reply #11 on: January 03, 2010, 08:21:42 PM »

Khappar ma ta lekhekai rai6!
Logged
kurakani
Global Moderator
*

Reputation : +8/-4
Posts: 2081


View Profile
« Reply #12 on: January 06, 2010, 01:43:44 PM »

दार्ही पाल्दा आतंककारी ? काटे दार्ही माग्ने बुढाले
Tuesday, January 5



नयाँ संविधान नबनेसम्म दार्ही, जुँगा र कपाल नकाट्ने घोषणा गरेका माग्ने बूढा अर्थात् केदार घिमिरेले अन्ततः दार्ही काटेका छन्। नयाँ वर्षसन् २०१० को अवसरमा इजरायलमा हुने सांस्कृतिक कार्यक्रममा जाने क्रममा दार्हीका कारण समस्या भएपछि केदारले दार्ही काटेका हुन्।
नयाँ दिल्ली हुँदै इजरायल जाने क्रममा नयाँ दिल्ली एयरपोर्टको सुरक्षा निकायले दार्हीका कारण आतंककारीजस्तो लाग्ने र यसकै कारण इजरायलले फर्काउने बताएपछि दार्ही काट्नुपरेको केदारले नेपाल समाचारपत्रलाई जानकारी गराए।
नयाँ दिल्लीको सुरक्षाकर्मीले उनको दार्हीलाई लिएर किचकिच गरेपछि उनीसँगै गएका सीताराम कट्टेल, कुन्जना घिमिरे, राजु परियार र रोज मोक्तानले केदारलाई दार्ही काट्न दबाब दिए। ँहर्ेर्नुस्, आयोजकको बीसौं लाख खर्च भइसकेको छ। तपाईंको दार्हीले गर्दा हामीलाई फर्काइदियो भने के गर्ने’ भन्दै उनीहरूले अड्को थापेपछि दार्ही काट्न बाध्य भएको केदारले बताए।
अरूले मेरो हात समाते, धुर्मुस (सीताराम) ले दार्ही काटिदियो’, इजरायलबाट केदारले नेपाल समाचारपत्रसँग भने- ँभौतिक रूपमा दार्ही काटिए पनि मेरो आन्दोलन जारी छ। दार्ही काटे पनि कपाल त बाँकी छ। संविधान नबनेसम्म कपाल मरिगए पनि काट्दिनँ।’
Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #13 on: January 17, 2010, 12:54:45 AM »

  अस्पताल पनि रमाइलो
बिहिवार, 14 जनवरी 2010 11:59 नागरिक



गुणराज लुइँटेल, काठमाडौं, पुस ३०-

सबै पर पर भए पोखूँ बह कोसँग,
देउता पनि सायद अचेल खुसी छैन मसँग,
साथीभाइ इष्टमित्र भन्छन् के छ तँसँग,
दिने कुरा मायाबाहेक केही छैन मसँग...
सधैंसधैंको व्यस्ततामा आफन्तजनबाट समेत टाढा भएको अनुभूतिले ‘मह' जोडीमध्येका एक अभिनेता मदनकृष्ण श्रेष्ठले गीतका यी पंक्ति लेख्न प्रेरित गरेका थिए। तर, होइन रै'छ यो कुरा। प्रियजनहरू बिरामी हुँदा कुनै न कुनै रूपमा आइपुग्ने रहेछन् भन्ने थाहा पाए उनले यसपटक।
दस दिनको अस्पतालबासपछि उनी घर फर्केको दुई दिनमात्र भएको छ। यो खबर धेरैलाई थाहा भएन, न त अखबारमै उनको अस्वस्थताको खबर छापियो। घाँटीको नशा च्यापिएर गम्भीर खालको शल्यक्रिया गरेको भए पनि उनी नौलो अनुभूति लिएर फर्केका छन्। कानैकान पुगेको खबरले उनलाई भेट्ने मानिसको कुनै कमी भएन माइतीघरस्थित अन्नपूर्ण अस्पतालमा।

झन्डै एघार महिनाअघि 'हाँसिदेऊ एकफेर'को सुटिङका बेला सावित्री सदनमा हल्का लड्ने दृश्य दिँदा उनको देब्रे कम्मरमा कुटुक्क दुखेको थियो। त्यो दुखाइले उनलाई निरन्तर दुःख दिइरहयो। कार्यक्रमहरूमा पुग्दा उनी अलिकति खोच्याएर र बिस्तारै हिँडेको देखिन्थे। धेरैले उनलाई के भयो भनेर सोध्ने गरेका थिए। पटकपटक सोध्नेको भीडमा प्रधानमन्त्री माधवकुमार नेपालसमेत थिए।

आफ्नो उपचारमा उनले कुनै कसर राखेनन्। अक्युप्रेसरदेखि चुम्बकीय चिकित्सासम्म गरे। अन्तमा माइतीघरस्थित अन्नपूर्ण अस्पतालमा डाक्टर वसन्त पन्तले उनको उपचार गरे। 'उहाँको घाँटीको नसा च्यापिएको थियो,' पन्तले नागरिकसँग भने, 'अप्रेसन गरेर हड्डी खिएको ठाउँमा सिमेन्टसमेत भर्नु परेको थियो।'

यस्ता कलाकारहरूको उपचार गर्दाको एउटा चुनौती भनेको स्वरलाई जस्ताको तस्तै बनाउन सक्नु हो। र, यसमा डाक्टरलाई सफलता मिलेको छ। 'उहाँजस्तो कलाकारको राम्ररी रिकोभरी हुनुपर्छ भन्ने चिन्ता हामीलाई हुन्छ,' पन्तले भने, 'अहिले एकदम
ठीक छ।'

चिकित्साकर्मीहरूको सहयोगी व्यवहार र आफूलाई माया गर्नेहरूको निरन्तर आगमनले मदनकृष्णलाई भने निकै रमाइलो लागेछ अस्पताल बसाइँ। 'कहिलेकाहीं बिरामी हुँदा पनि रमाइलो पो हुँदो रहेछ,' आफ्नो ६० वर्षे उमेरमा पहिलोपटक अस्पतालमा बसेका उनले हाँस्दै भने, 'सबभन्दा राम्रो चाहिँ मान्छे चिन्न पनि पाइने रहेछ।'

‘मह' अनुकरणीय जोडी मानिन्छ आपसमा मिलेर काम गर्नेका लागि। र, जोडीको आदर्श भूमिका निर्वाह गरेछन्, हरिवंश आचार्यले। छाड्दै छोडेनन् उनले उपचारभरि। झन्डै चार घन्टा लामो शल्यक्रिया सेसनपछि उनले आफ्नी पत्नी यशोदा र हरिवंशलाई भेट्ने इच्छा व्यक्त गरेछन्। उनको होश आएको होला भन्ने सबैलाई लागेको थियो, तर होइन रहेछ।
हरिवंशले चिन्नु'भो भन्दा चिन्छु भनेछन् मदनकृष्णले। अनि पत्नीले गाला सुम्सुम्याउँदै सोधिछन्, 'चिन्नु'भो?' उनी त गीत पो गाउन थालेछन्, 'तिमी आउँछौ भन्ने आशै आशामा...।'

साथीसँगको कुरा भने उनलाई सम्झना रहेछ, तर पत्नीले सोध्दा गीत गाएको भने थाहा रहेनछ। अहिले यो प्रसंग घरमा रमाइलो विषय भएको छ। 'साथी भनेको यस्तो हुँदो रहेछ,' शल्यक्रिया गरेको लगत्तै मुर्च्छित अवस्थामा पनि आफ्नो जोडीलाई सम्झन सकेकोमा मदनकृष्णले भने।

अस्पतालबाट डिस्चार्ज हुने दिन, हरिवंशले आफ्नो बुढानिलकण्ठस्थित घरबाट उनलाई अस्पतालमा लिन आउने भन्दा मदनकृष्णले भनेछन्, 'यति टाढा किन आइरहने, म यहीँबाट ट्याक्सीमा गइहाल्छु।' उनी मान्दै मानेनन् र भनेछन्, 'ट्याक्सीमा जाने पनि हामी दुईले सँगै कमाएको पैसा हो, त्योभन्दा बढी हाम्रो भावनाको कुरा हो।'

उनी बुढानिलकण्ठबाट उनलाई लिन माइतीघर आए र उनलाई पुर्‍याए कुमारी सिनेमा हल नजिकैको घरमा। अझै दस दिनजति उनी आराममा हुनेछन्।
फोनका घन्टी बजिरहेका छन्, कार्यक्रममा आउने निम्तो लिएर। पूरै निको भएपछि सधैंजस्तो व्यस्तता छँदैछ। तर, उनले सिकेको एउटै राम्रो पक्ष भने, जस्तै बेफुर्सद भए पनि बिरामी हेर्न जानु पर्ने रहेछ।

बिरामी हुँदा पाएको धेरै धेरै सद्भावले आफ्नो पुरानो गीतलाई नयाँ अर्थमा सम्झाइदिएको छ। उनले अस्पतालको बेडमै गीतका दुई पंक्ति कोरेका छन्, सायद यो छिट्टै पूरा हुनेछ।
नभएको भए यहाँ माया भन्ने कुरा
पृथ्वी त डुबिसक्थ्यो रगतमा पूरा...।
Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #14 on: January 25, 2010, 10:12:09 PM »

हास्य कलाकारहरू सम्मानित
फिल्मीखबर, काठमाण्डौ, २०६६ माघ ११, सोमवार

हास्य कलाकारहरू सम्मानित प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाको नवौं वाषिर्क साधारणसभा तथा नयाँ भवन उद्घाटनको अवसरमा सो सहकारीले चल्तिका आधा दर्जन हास्य कलाकारलाई एकै साथ सम्मानित गरेको छ।  सम्मानित हुनेहरूमा तीतोसत्यका दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा ‘गैंडा’, गोपाल अधिकारी ‘ट्वाकेन्द्र’, मेरी बास्सैका सीताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’ ,सुलेमान शंकर ‘इकु’ रहेका छन्।

 

हास्य कलाकारिताको क्षेत्रबाट राष्ट्र र समाजका विभिन्न विकृतिलाई हास्यव्यंग्यको माध्यमबाट उठाउँदै समाज र राष्ट्रलाई पुर्याएको योगदानको कदर गर्दै सो सम्मान गरेको आयोजक सहकारीका कोषाध्यक्ष मदनकृष्ण तिमिल्सिनाले जानकारी गराए।
Logged
kurakani
Global Moderator
*

Reputation : +8/-4
Posts: 2081


View Profile
« Reply #15 on: January 27, 2010, 09:17:12 PM »

सुन्तलीलाई ब्ल्याकमेल गर्थे धुर्मुस
28/01/2010 04:33:00 राजेश राई




दुई दशकअघि उनी झापाको गौरादह माध्यमिक विद्यालयमा पढ्थे । घरको आर्थिक अवस्था एकदमै कमजोर थियो । बिहान भालेको डाकमा उठेर १० बजेसम्म हलो जोतेर विद्यालय जानुपर्ने बाध्यता थियो । यति दुःख भए पनि उनी पढाइमा तगडा थिए । घरमा एक अक्षर पढ्न नपाए पनि स्कुलमा पढेका भरमा उनी कक्षामा प्रथम हुन्थे ।

जति दुःख भए पनि उनी हाँस्न/हसाउन सक्थे । अझ हसाउन त उनी यति सिपालु थिए कि उनको हास्य कलाकारितामा सम्पूर्ण स्कुल अट्टहास लगाउँथ्यो । आफ्ना गुरु र साथीभाइका क्यारिकेचर जस्ताको तस्तै गरिदिन्थे उनी । स्कुलमा विभिन्न अवसरमा हुने कार्यक्रममा हँसाएर उनी चर्चा बटुल्थे । एकप्रकारले उनी स्कुलमा 'सेलिब्रेटी' नै थिए । खाजा खाने छुट्टी (टिफिन टाइम) हुनेबित्तिकै उनका साथीभाइ 'सीतारामसँग बसेर हाँस्ने' भन्दै उनका वरिपरि झुम्मिन्थे । सीताराम अर्थात् सीताराम कट्टेल 'धुर्मुस' को प्रतिभा देखेर उनका दौँतरी र गाउँका दाइहरू उक्साउँथे— ए सीते ! तँ काठमान्डू गइस् भने टिभीमा देखिने कलाकार बन्छस् ।

सबैले उनलाई काठमाडौंको टिभीमा देखिने कलाकारको सपना देखाउँदा उनी पनि उसैगरी हौसिन्थे  । उनको मनै वशमा हुन्नथ्यो । सबैको उक्साहटले उनलाई हरिवंश आचार्य र सन्तोष पन्त बन्ने सपना देखाउन थाल्यो । सारा नेपालले देख्ने कलाकार बन्नु नै उनको जीवनको एक मात्र लक्ष्य बन्यो । 'हास्यकलाकार मेरो सानैदेखिको सपना हो,' उनले सुनाए, 'टिभीबाट एकचोटि हास्य अभिनय गर्न पाए के-के न हुन्थ्यो भन्ने लाग्थ्यो ।'

एसएलसी पास गरेपछि उनले काठमाडौं आउने निधो गरे । तर, पोकोपन्तुरा बोकेर काठमाडौं हिँडिहाल्न सक्ने स्थिति थिएन उनको । उनी घरका जेठा छोरो, चारजना भाइबहिनी र बाबुआमा पाल्ने जिम्मेवारी उनकै काँधमा थियो । उनलाई उनका बाबुआमाले काठमाडौँ जान दिएनन्  ।

तर, उनलाई हास्यकलाकार बन्ने सपनाले यस्तरी हुत्यायो कि उनले बाबुआमाको अनुनय-विनयलाई यौटा कुनामा थन्काइदिए । यसरी परिवारलाई रुवाएर टिभीबाट अरूलाई हसाउने सपनाको भारी बोकेर काठमाडौं आए उनी । 'बाबुआमाको कुरा नसुनी एउटा ओढ्ने, एउटा तन्ना र अलिकति पैसा बोकेर काठमाडौं हानिएँ म,' उनले भने । सारा नेपाललाई हसाउने सपना बोकेर उनी काठमाडौं आइपुगेको रात नेपालको इतिहासमै सबभन्दा दुःखद र वियोगान्त घटना घट्यो । वीरेन्द्रको वंशै नाश हुनेगरी राजदरबार-हत्याकाण्ड भएको रात (०५८ जेठ १९) उनले काठमाडौं टेकेका थिए ।

सारा देश अब के हुने हो भन्ने चिन्ता र अनिश्चिततामा डुबेका वेला उनी राजधानी आइपुगेका थिए । एउटा कुम्लो र अलिकति पैसा बोकेर अरूलाई हसाउन आएका सीताराम स्वयंका भने रोदनका दिन सुरु भए । उनका दाँतरीले भनेजस्तो काठमाडौं खाल्डोमा 'ल आइज धुर्मुस, अब हसाउन थाल्' भन्दै कोही स्वागतार्थ उभिएका थिएनन् । काठमाडौं बाँच्नु सजिलो थिएन ।

अरूलाई हसाउन आएको सीतारामलाई अब भने आफ्नै हाँसो गुमेको थाहा भयो । भर्खर एसएलसी सकेको अल्लारेले जागिर पाउने सम्भावनै थिएन । न हास्यकलाकार बन्ने कुनै अवसर नै थियो । सडक नै उनको एकमात्र सहारा थियो । 'काठमाडौं आएपछि मेरो अभिनयको भुत झरिसकेको थियो, उनले आफ्ना संघर्षका दिन सम्भिmए, 'के खाने र कहाँ सुत्ने भन्ने समस्याले सताउन थालेको थियो । काठमाडौं छिरेपछि कलंकीको एउटा भाँडा-पसलमा ६ महिनासम्म भाँडा बोकेर पेट पालेँ ।'

काठमाडौंमा उनले भाँडा बोक्ने, भाँडा माझ्नेदेखि लिएर अनेक काम गरे । कहाँ सुत्ने, कहाँ खाने कुनै टुंगो हुन्नथ्यो । भोक र तिर्खा त उनले कति खेपे कति ! 'भोकले रन्थनिँदै काठमाडौंका सडक-सडक कति हिँडियो, हिँडियो,' उनले भने, 'ती दिन सम्भि“mदा अहिले पनि आँसु आउँछ ।' हामीसँग कुरा गर्दागर्दै चर्चित हास्य-टेलिशृंखला मेरी बास्सै का धुर्मुस भावुक भए र उनका आँखामा नभन्दै आँसु पनि आयो । सधैँ उट्पट्याङ गरेर अरूलाई हसाउने एउटा हास्यकलाकारका आँखामा आँसु देखेर हामीलाई कता-कता नमीठो लाग्यो  । उसो त हास्यकलाकार पनि त मानिस नै त हो, दुःखमा उसका पनि त आँखा रसाउँछन् । तैपनि, हामीले धुर्मुस रोइहाल्लान् भन्नेचाहिँ सोचेका थिएनौँ ।

काठमाडौंमा उनले कति कष्टकर समय बिताएछन् भने एक पुरिया बिस्कुटले उनी दुई दिनसम्म धान्थे । 'भोकै बस्नु त सामान्य कुरो थियो,' जीवनसंगिनी कुञ्जना घिमिरे 'सुन्तली' सँगै अनामनगरमा भेटिएका धुर्मसले आफ्नी धर्मपत्नीतिर पुलुक्क हेर्दै सुनाए, 'थापाथलीको एउटा पसलमा उधारो नतिरेकाले साहुले दुई दिनसम्म थुनेर राख्यो ।' उनी कहिले भोकै बस्थे त कहिले साथीभाइकहाँ गएर छाक टार्थे । 'मजति दुःख झेलेर स्थापित हुने कलाकार नेपालमा अर्का छैन होला,' उनले लगभग दाबीको भाषामा भने ।

पहिलो वर्ष के खाने भन्ने चिन्तामै बिते पनि दोस्रो वर्षदेखि उनले छाक टार्ने समस्यासँग जुध्ने धेरै उपाय पत्ता लगाए । साहुका घरमा पानी बोक्ने, भाँडा बोक्ने, करेसाबारी खन्ने आदि काम गर्दै गौरादहबाट झोलाभरि बोकेर ल्याएको सपनालाई फेरि ब्युँझाउनतिर लागे उनी । निकै धाएपछि, उनले अवसर त पाए तर टिभीमा अनुहार भने देखाउन पाएनन् । निर्देशक मुकुन्द बस्ताकोटीको 'झमेला' हास्य-टेलिशृंखलामा उनले प्रहरीको भूमिका पाए । 'निकै समय धाएपछि झमेलामा प्रहरीको भूमिका पाएँ,' उनले सुनाए, 'अँध्यारोभित्र एक मिनेटजतिको प्रहरीको भूमिका थियो । न अनुहार देखाउन पाइयो, न बोल्नै ।'

त्यसपछि ६ महिना धाएपछि सन्तोष पन्तको हिजो आजका कुरामा एउटा संवाद बोल्ने अवसर पाए उनले । 'दलाललाई हात-खुट्टा भाँचेर लडाएर मार्नुपर्छ, छोड्नु हुँदैन,' यो टेलिशृंखलामा उनले बोलेको पहिलो संवाद हो । यत्ति संवाद बोल्न उनले ६ महिना धाएका रहेछन् ।

र, बिस्तारै उनको सम्पर्क बढ्दै गयो । जितु नेपालको गीताञ्जली, जिरे खुर्सानी हुँदै उनी मेरी बास्सैसम्म आइपुगे ।

मेरी बास्सैका यस जोडीसँग प्रेम-संवादका लागि गइएको थिए । तर, धुर्मुसले प्रेमभन्दा अघि काठमाडांैमा आफूले भोगेका दुःख सुनाउन चाहे । त्यसपछि मात्रै प्रेमका कुरा सुरु भए ।

हास्य-टेलिशंृखला मेरी बास्सैमा श्रीमान्/श्रीमतीको भूमिकामा देखिने धुर्मुस र सुन्तली वास्तविक जीवनमा पनि श्रीमान्/श्रीमती नै हुन् । पर्दामा श्रीमान्/श्रीमतीको भूमिका निर्वाह गर्दा-गर्दै यो जोडी एक वर्षअघि मात्रै वास्तविक जीवनमा पनि जोडी बनेको हो । हास्यक्षेत्रमा यो जोडी अहिले खुब जमेको छ । पर्दामा हास्य-जोडी धेरै भए पनि वास्तविक जीवनको जोडीचाहिँ धुर्मुस र सुन्तलीको मात्रै हो ।

धुर्मुस र सुन्तलीको पहिलो भेट लौन सतायो टेलिशृंखलाको सुटिङका क्रममा ०६१ साउन महिनामा भएको थियो । कुञ्जना उर्फ सुन्तलीलाई तिथिमिति पनि कन्ठै रहेछ । उनैले अघि सरेर भनिन्, 'मैतीदेवीमा पहिलोपल्ट भेट भएको थियो । दमन रूपाखेतीले निर्माण गरेको लौन सतायोको सुटिङमा हाम्रो भेट भएको थियो ।' उतिवेला सीताराम (धुर्मुस) व्यवस्थापनको काममा थिए । कुञ्जना अभिनयमा । धुर्मुसले सुन्तलीलाई पहिलोपल्ट देख्दा उनी गाडीभित्र मेकअप गरिरहेकी थिइन् । 'सेतो हाइनेक, कालो लेदर ज्याकेट र कालोे पाइन्ट लगाएकी उनी टिपटप मोडलजस्ती देखिन्थिन्,' उनले भने ।

पहिलो भेटमै सुन्तलीलाई चाहिँ धुर्मुसको बोलीले खुबै हँसायो रे । किन ? 'स्वर सुनेर,' सुन्तलीले सुनाइन्, 'उहाँको बोलीमा झापाली लबज थियो ।' धुर्मुसको बोलीले सुन्तली हाँसेकी थिइन्, तर धुर्मुसले भने उनको हाँसोलाई आफूप्रतिको आकर्षणका रूपमा बुझे  । 'मलाई हेर्दै उनी मुुस्कुराएपछि भेटेकै दिन म बेचैन भएँ,' धुर्मुसले सुनाए, 'त्यो दिन रातभरि निद्रा लागेन । उनको अनुहार मेरा आँखामा आइरह्यो । उनलाई मेरै लागि भगवान्ले बनाएको जस्तो अनुभूति भयो ।'

लौन सतायोपछि उनीहरू दुवैले रेडियो नेपालबाट प्रसारण हुने रेडियो नाटक दिनप्रतिदिनमा सँगै काम गर्न पाए । सुन्तलीलाई भेटेदेखि नै धुर्मुसले सुन्तलीको सपना देख्न थालिसकेका थिए । सुन्तली भने बेखबर थिइन् । त्यसवेला धुर्मुसका सहकर्मी केदार घिमिरे 'माग्नेबूढा'ले उनलाई निकै उक्साए । 'पहिलो भेटदेखि नै मैले सुन्तलीलाई वान साइडेड लभ गर्न थालेको थिएँ,' धुर्मुसले सुनाए, केदारजी पनि जोडी मिल्छ भनेर मलाई उक्साइरहनुहुन्थ्यो  ।' उतिवेला उनीहरूको भेट हप्तामा एकचोटि रेडियो नाटकको रेकर्डमा हुन्थ्यो ।

एक वर्षसम्म एकतर्फी प्रेम गरेपछि धुर्मुसले ०६२ भाद्रमा गाईजात्रा कार्यक्रम सकिएपछि सुन्तलीलाई मनको कुरा सुनाउने साहस बटुले र प्रेम-प्रस्ताव राखे । तर, उनको प्रेम-प्रस्ताव सुन्तलीबाट ठाडै अस्वीकृत भयो । 'मैले त त्यसवेलासम्म कल्पनासम्म गरेकी थिइनँ,' सुन्तलीले सुनाइन्, 'उहाँको प्रस्ताव सुन्दा मलाई अचम्म लाग्यो ।' सुन्तलीले प्रेम-प्रस्ताव अस्वीकार गरेपछि धुर्मुस पागलजस्तै बने । 'सुन्तलीले हुन्न भनेपछि म माइनस जिरो डिग्रीमा झरेँ,' हास्यशैलीमा उनले सुनाए, 'मेरो होसै हराएजस्तो भयो । आफ्नो वजन पाँच किलो घटेजस्तो लाग्यो ।'

ललितपुरकी स्थायी बासिन्दा सुन्तली आर्थिक रूपमा सबल नै थिइन् । तर, धुर्मुसको भने त्यसवेला न खाने टुंगो थियो, न बस्ने । सुन्तलीले उनलाई अस्वीकार गरे पनि उनले आशा भने मारेका थिएनन् । 'दिउँसो उनले अस्वीकार गरे पनि केही आशा भने थियो,' प्रेम-प्रस्ताव राखेको पहिलो दिन सम्भिmँदै उनले भने, 'साहुको पानी बोकिदिएबापत उसले मलाई फोन गर्न दिन्थ्यो । मैले बेलुका सुन्तलीलाई फोन गरँे । यसपल्ट पनि म अस्वीकृत भएँ  ।'

तैपनि, धुर्मुस सुन्तलीको पछि लाग्न भने छोडेनन् । 'अनेकथरी भनेर सधैँ मलाई ब्ल्याकमेलिङ गर्न थालेपछि अभिनय क्षेत्र नै छोडूँ कि जस्तो पनि लाग्यो,' सुन्तलीले सुनाइन्, 'म दुःख पाएको मान्छेलाई सहारा देऊ भन्दै मेरो पछि लागिरहनुभयो ।'

दिनप्रतिदिन रेडियो नाटक सकिएपछि त्यही टिमले मेरी बास्सै हास्य-टेलिशंृखला निर्माण गर्ने भएपछि उनीहरूले सँगै काम गर्न पाए । सुरुमा मेरी बास्सैमा उनीहरू काका र भतिजीको भूमिकामा थिए । एक महिनापछि प्रेमी/प्रेमिकाका भूमिकामा खेल्न थाले । र, उनीहरूको नाम धुर्मुस र सुन्तली रहन गयो । मेरी बास्सैले भेटघाट र सम्पर्क बढाउँदै लग्यो । उनीहरूको जोडी पनि जम्दै गयो । त्यसपछि उनीहरू पत्तै नपाई एक-अर्कालाई माया गर्न थालेछन् । पछि चाहिँ कसले राख्यो त प्रस्ताव ? 'पछि त राख्नै परेन नि,' सुन्तलीले सुनाइन्, 'आफैँ प्रेम बस्यो ।'

***
यस जोडीको वैवाहिक जीवनचाहिँ कस्तो छ नि ? 'साहै् सुन्दर,' सुन्तली भन्छिन्, 'हाम्रो जोडी भगवान्ले जुराएको जोडी हो ।
हामी सधैँ सँगै हुन्छौँ । मलाई त यस्तो लाग्छ, हामीजति भाग्यमानी कमै होलान् ।'
धुर्मुस घरका जेठा छोरा । अभिनय गरेर घरको ऋण पनि तिरे उनले । 'हाम्रो परिवारलाईर् धेरै ऋण लागेको थियो । ऋण तिरेको दिन म खुसीले रोएँ पनि,' धुर्मुसले सुनाए, 'उनको सहयोग नभएको भए, यो सम्भव थिएन ।'

अहिले आफ्नो कमाइले उनीहरूले झापामा परिवार धानेका रहेछन् । वास्तविक जीवनको यो जोडी पर्दामा पनि जोडीकै भूमिकामा छ । रातदिन सँगै हुन्छन् । बिहेपछि कहिल्यै लामो समय टाढा बस्नुपरेको छ कि छैन ? 'एकचोटि उहाँ हङकङ जाँदा मात्रै,' सुन्तलीले सुनाइन्, 'त्यसवेला भोक पनि लागेन, निद्रा पनि लागेन ।' एक दिन भेट नहुँदा पनि दुवैजनालाई छटपटी हुँदो रहेछ । उनीहरू दुवैजना कपडा धुने, खाना बनाउने गर्छन् । बिहानको चिया बनाउने काममा चाहिँ एउटा सर्त रहेछ । जो अगाडि उठ्छ, उसैले चिया बनाएर बेडमा ल्याउने  । धेरैजसो को अगाडि उठ्ने गरेको छ त ? 'उहाँ,' सुन्तलीले भनिन्, 'धेरैजसो उहाँले नै चिया बनाएर बेडमा ल्याउनुहुन्छ ।'

प्रेमी/प्रेमिका हुदा एकअर्काप्रति जति प्रेम हुन्छ, बिहेपछि त्यसमा कमी आउँछ भनिन्छ । यस जोडीको प्रेममा पनि त्यस्तै भएको त छैन ? 'बिहेपछि हाम्रो प्रेम झनै बढेर गएको छ,' सुन्तलीले सुनाइन्, 'बिहेअघिको भन्दा कैयौँ गुणा बढी !'

धुर्मुस सुन्तलीलाई आँसुपछिको हाँसो ठान्छन् । 'वास्तविक जीवनमा हाँस्ने ऊर्जा मैले उनीबाटै पाएँ,' सुन्तलीलाई धाप मारेर उनले भने, 'उनी पाएपछि मेरा सबै दुःख हराए ।'

writer_bhumiputra@yahoo.com
तस्बिरः श्रीधर पौडेल/ नयाँ पत्रिका
Logged
kurakani
Global Moderator
*

Reputation : +8/-4
Posts: 2081


View Profile
« Reply #16 on: January 27, 2010, 09:17:45 PM »

Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #17 on: January 29, 2010, 09:56:59 AM »

हाँस्यरसको लोकप्रियता

       

- ऋषिराम कट्टेल

1हाँस्य टेलिश्रृंखला तितोसत्य टेलिभिजनको पर्दामा प्रशारण शुरु भएको साढे छ वर्ष भैसक्यो । यति लामोसमय वित्दा पनि यो कार्यक्रम दर्शकमाझ अझै उतिकै लोकपि्रय रहेको छ । पाँच वर्षदेखि प्रशारणर भैरहेको जिरेखुर्सानी र तीन वर्षदेखि प्रशारण हुँदै आएको मेरी वास्सै हाँस्य टेलिश्रृंखला पनि दर्शकका दृष्टिमा मन पराइदै आएका कार्यक्रम हुन ।

टेलिभिजन कार्यक्रमसँग सम्बन्धित एसी नेल्सन नामक संस्थाले गरेको दर्शक सर्भेक्षणमा नेपाली टेलिभिजन च्यानलबाट प्रशारण हुने मध्ये तितोसत्य पहिलो, मेरी वास्सै दोस्रो, जिरे खुर्सानी तेस्रो र नेपाल टेलिभिजनको समाचार चौथो स्थानमा रहेका छन । लामो सिरीयलमा दर्शक झुम्मिरहेका बेला शुरु भएको हाँस्य टेलिसिरियले अन्य सिरियलको प्रभावलाई कम गरेको पनि सर्वेक्षणको ठहर छ । ठुलो पर्दाको बजार धरासयी भएपछि ठुलो पर्दाका हस्तीहरू एकताका टेलिश्रृंखलामा आएका थिए । एक समय चलचित्र कलाकार/निर्देशकको लागि सानो पर्दा कामको केन्द्र नै बनेको थियो । पुष्पाञ्जली, तिमी पुरुष, वंश, गहना, जानकी, कसलाई आˆनो भनुँ लगायतका सिरीयल एकताका दर्शकमाझ लोकपि्रय पनि बने, तर समयक्रम बदलिदै जाँदा यस्ता कार्यक्रमहरू क्रमश सकिदै गए । अहिले नेपाली टेलिभिजनका पर्दामा हाँस्य टेलिश्रृंखलाहरूको नै वर्चश्व छ । टेलिश्रृंखला समेत निर्देशन गरेका निर्देशक/कलाकार रमेश बुढाथोकी भन्छन ‘हरेक कुराको समय हुन्छ, अहिले हाँस्य सिरीयलको क्रेजले यस्तो अवस्था सिर्जना भएको हो ।’

नेपाल टेलिभिजनमा साढे ६ वर्ष पहिले शुरु भएको तितोसत्यको प्रशारणसगै हाँस्य सिरीयल निर्माण र प्रशारणमा बहार नै आयो । त्यसयता जिरे खुर्सानी, मेरी वास्सै, हुदै पछिल्लो समयमा ‘भै गो नी त’सम्म आएको छ । योवीचमा ‘लौ मार्‍यो’, ‘श्रीमती जिन्दावाद, ५२ घुस्सा ५३ ठक्कर, आम्मै, माछो माछो भ्यागुतो, एक्सक्युजमी, हाफ व्वाइल, गुरुमन्त्र, गोर्खेलौरी, सन्तान थरीथरीका, पोथी बास्यो, यस्तै रहेछ यहाँको चलन’ लगायतका दर्जनौ सिरीयल प्रशारणमा आए । हाँस्य सिरीयलको बाढी आए पनि कतिपय छेउ न टुप्पोका भएकै कारण कतिपय बन्द भएका छन । ‘राम्रा विषयबस्तु समेटेका राम्रा प्रस्तुति पस्कने हाँस्य सिरीयलको क्रेज अझै घटेको छैन’ हास्यकलाकार जितु नेपाल भन्छन । पछिलो समयमा लामो समयदेखि प्रशारण हुदै आएका हाँस्य श्रृंखलाको समेत प्रस्तुति, विषयबस्त कमजोर बन्दै गएको गुनासो पनि आउने गरेको छ । चलिरहेका कतिपय कमेडी सिरीयलमा धेरै कलाकारहरू संधै एकैखाले भूमिकामा देखा परिरहेका बताउँछन लेखक तथा चलचित्रकर्मी प्रकाश सायमी । प्रशारणर भैरहेको हाँस्य टेलिश्रृंखला ‘झ्याँइकुटी झ्याईँ, भैगो नी त’लगायतका अहिले प्रशारण भइरहेका केही सिरीयलको कथा, प्रस्तुति, कलाकारको अभिनय हेर्दा धेरै कुराको तालमेल मिलेको देखिदैन । तर यी केही बाहेक तीतोसत्य, मेरी वास्सै, जीरेखुर्सानी लगायतका हास्य सिरीयलहरू दर्शकलाई हास्यब्यंग्यमार्फत मनोरञ्जन दिन अगाडि नै छन् । नेपाल टेलिभिजनमा सर्वाधिक हेरिने तीतोसत्यको पछिल्लो संस्करणको विषयबस्तु र प्रस्तुतिमा फितलोपन आएको देखिन्छ, यसले टेलिभिजन कार्यक्रममै १४ देखि १७ मिनेटसम्मको विज्ञापन पाइरहेको छ । यसले प्रतिभाग एक लाख ३५ हजार पाउँछ भने प्रति महिना यो रकम ५ लाख ४० हजार हुन आउँछ । यो नेपाली सिरीयलको क्षेत्रमा निकै ठुलो बजेट हो । घतलाग्दा ब्यंग्य र नयाँ कथाहरूको सिर्जनाका कारण लोकपि्रय रहेको जिरेखुर्सानी पनि पछिल्लो समयमा कम लोकपि्रय बनेको छैन । लोकपि्रय कलाकारहरूको अभिनय र पहिलेभन्दा पृथक प्रस्तुतिका कारण अहिलेसम्म दर्शकले उत्तिकै रुचाएको दावी गर्छन निर्देशक तथा कलाकार जितु नेपाल । ‘मह पनि धेरै खायो भने तितो हुन्छ’ जितु भन्छन ‘४/५ वर्षसम्म निरन्तर हँसाइराखेका छौ, तैपनि हामीले पहिलेभन्दा केही परिवर्तन गरेर दर्शकमाझ आइरहेका छौ । त्यसैले दर्शकले मन पराइदिनु भएको छ ।’ अहीले जिरेखुर्सानीले प्रतिश्रृंखला १ लाख २० हजार रुपैयाँ पाउदै आएको छ । त्यस्तै मेरी वास्सैले ८० हजार पाउने गर्छ । अन्य पारिवारिक सिरीयलले भने ४० हजार भन्दा बढि पाएका छैनन् ।2

लामो समय देखिको हाँस्य सिरीयलको क्रेजले धेरै कलाकारलाई नामसँगै आर्थिक हैसियत, घर जग्गादेखि कारसम्म चढ्ने अवस्था सिर्जना गरिदिएको छ । पछिल्ला केही वर्ष यता टेलिभिजनका पर्दामा आएको हाँस्य सिरीयलको बाढीसँगै धेरै कलाकार अपत्यरिलो ढंगले नाम सँगै दाम कमाइरहेका छन् । हाँस्य सिरीयल बनाउने तथा अभिनय गर्ने धेरैले घर जोडिसकेका छन भने कतिपय जोड्ने तयारीमा छन् । दिपकराज गिरी, जितु नेपाल, केदार घिमीरे, गोपाल नेपाल फिष्टे लगायतले यसै क्षेत्रको कमाईले राजधानीमा घर बनाइसका छन् । टेलिभिजनका अधिकांश हाँस्य सिरीयलको निर्माता रहेको बाइङ एजेन्सी मिडिया हवका प्रमुख सोम धिताल फरक ढंगले प्रस्तुत गर्दै लगेकोले हाँस्य सिरियलको लोकपि्रयतामा कुनै कमी नआएको बताउँछन् । अहिले विभिन्न टेलिभिजन च्यानलमा यी हास्यश्रृंखलाबाहेक प्रशारणको लागि झण्डै दुई सय ५० सिरीयलका डमी लाइनमा छन । मिडिया हवमा मात्रै प्रशारणका लागि ७० भन्दा बढि डमी लाइनमा रहेका छन् ।
Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #18 on: February 06, 2010, 03:07:48 PM »

रोमान्टिक स्वभावका हरिबहादुर


दर्शकलाई हँसाइरहने कलाकार हरिवंश आचार्य रोमान्टिक स्वभावका छन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । टेलिभिजनको पर्दामा विभिन्न चरित्र निर्वाह गरेर दर्शकलाई हँसाई रहने हरिवंश झट्ट हेर्दा रोमान्टिक लाग्दैनन् ।

 

नजिकबाट चिन्नेहरुले मात्र उनको रोमान्टिक छवि नियाल्न पाएका छन् । उनी रोमान्स चाहिं कोसंग गर्दा रहेछन् त ? 'अरु त को संग गर्नु र, उही आफ्नै घरवालीसंग त हो नि, हरिवंशको जवाफ यही हो । वास्तवमै उनी श्रीमतीलाई अति नै माया गर्दा रहेछन् । उनी भन्छन् - 'मेरो साथमा कहिले नछुट्ने कुरा भनेकै श्रीमतीको तस्विर हो ।' पर्समा श्रीमतीको तस्विर राख्दैमा रोमान्टिक भइन्छ त ? पक्कै भईंदैन ।

 

हरिवंश त हरेक दिन घरबाट बाहिर निस्कनु अघि श्रीमतीको गालामा किस गर्न कहिले बिर्सिंदैनन् । 'विवाह गरेदेखिकै बानी हो, हरिवंशका अनुसार श्रीमतीको गालामा किस गरेर घरबाट निस्किएपछि प्रायः कुनै पनि काम बिग्रँदैन ।

स्रोत:- साप्ताहिक
Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #19 on: March 10, 2010, 09:47:56 AM »


'माग्ने बुढा'को घर
बुधवार, 10 मार्च 2010 18:32 नागरिक






सन्तोष रिमाल, काठमाडौं, फागुन २६- नेपाल टेलिभिजनको हास्य टेलिसिरियल 'मेरी बास्सै'का 'माग्नेबुढा' देख्दा तपाईंमा दया पलाउँछ होला। सुकुम्बासी जीवन, पारिवारिक तनाव र समाजको अपहेलनाका बीच तपाईंलाई हँसाउने यी कलाकारको वास्तविक जीवन भने सिरियलमा देखेजस्तो दयनीय छैन।

'घर एक सपना'को नारा बोक्ने राजधानीमा केदार घिमिरे यस्ता कलाकार हुन्, जसले 'माग्ने बुढा'को भूमिका खेलेरै घर ठड्याएका छन्। ललितपुरको इमाडोलमा छ, उनको तीन तले घर।

घरको लोकेसन माग्दा उनले भनेका थिए, 'राता मकै (किरण केसी)को घर त देख्नुभा होला नि। हो, उहाँको घरसँगैको सडकबाट आउनुस्। बाटोमा जसलाई सोधे पनि देखाइदिन्छन्।' नभन्दै उनको घर पत्ता लगाउन समस्या परेन। छतमा बसेर हात हल्लाइरहेका केदारलाई टाढैबाट चिनियो। उनको घर देख्दा लाग्यो, कलाकारले के कमाउँछ र? भन्नेको भीडमा उनी अपवाद हुन्।

'मेरी बास्सै'मै देखिने उनकी पत्नीले माथिल्लो तलामा पुर्‍याउँदा केदार स्क्रिप्ट लेख्दै थिए। 'तीन तलामाथि बसेर झुपडीको कथा?' जवाफ तुरुन्तै आयो, 'यहाँ बसेको त कति भयो र। जीवनको लामो समय त झुपडीमै बिताछु नि।'

पन्ध्र वर्ष डेरामा बसेपछि उनी आफ्नै घरमा सरेको साढे दुई वर्ष भयो। 'यो घर मैले किन्दा यस्तो थिएन। एक तले घर, त्यो पनि आधी पैसा बैंकले पत्याएपछि आफ्नै घरमा बस्ने सपना साकार भयो।' दुई वर्ष यता उनको सिरियलको रेटिङमात्र बढेन। घरको तला पनि थपियो।
'धेरै पैसा कमाएर घर बनाको पनि हैन,' उनले घर निर्माणको कथा सुनाउने थाले, 'अरू कलाकारजस्तो फेसनेबल छैन म। कमाएको धन सबै खर्च गर्न हुन्न बचाउनु पनि पर्छ भन्ने बानीले काम गर्‍यो।' जति बैंक खुल्छन् सबैमा केदारका खाता। 'अरुका सिरियल खेलुन्जेल त पैसा घरमा आइपुग्नै भ्याउँदैनथ्यो। आफैंले बनाउन थालेपछि केही जोगियो,' त्यसपछि यिनले देख्न थालेछन् घर बनाउने सपना।

केदारलाई उनका ज्योतिष हजुरबाले उहिल्यै भनेका रहेछन्, 'तँ कलाकार बन्छस्। र, पैसा पनि राम्रै कमाउने योग छ।' त्यतिबेला काठमा बुटा भर्नेलाई कलाकार भन्छन् भनेर बुझेका केदारलाई आफ्नो भविष्य सुनेर अल्छी लाग्यो। क्याम्पस पढ्न काठमाडौं आएपछि बल्ल उनले बुझे कलाकारिताको रस। त्यसमा पनि हास्यकलामा उनी तानिए। छिट्टै टेलिफिल्ममा अभिनय गर्न पाएपछि उनलाई लाग्यो हजुरबाको भविष्यवाणी पुग्यो।

'कलाकार भएपछि एउटा कुरा चाहिँ सजिलो भयो,' उनले सुनाए, 'डेरा पाउन साह्रै गाह्रो पर्थ्यो पहिला। कतिले त पाहुना धेरै ल्यायो भनेर घरबाटै निकाले। मान्छेले चिन्न थालेपछि सजिलै डेरा पाइयो। घरभेटीले पनि आफ्नै परिवारजस्तो गर्न थाले।' आफ्नो भाँडो नभरी पानी थाप्न नदिने र कौसीमा लुगा सुकाउन जाँदा आँखा पल्टाउने घरभेटीबाट कलाकार भएपछि छुटकारा पाए। 'संक्रान्तिको दिन पैसा बुझाउन नसक्दा पनि लुकीलुकी हिँड्नु परेन,' अर्को फाइदा थियो यो।

केदारका छोराले एकदिन सोधे, 'मेरो साथीको घर हाम्रो चाहिँ डेरा रे हो बाबा?' छोराको प्रश्न सुनेपछि बाबुले अठोट गरे, 'सानै भए पनि घर किन्नुपर्‍यो।' त्यसपछि उनी पुगे ज्यातिषकै शरणमा। 'कुन ठाउँमा घर किन्न ठिक होला?' यही ठाउँमा भनेर त ज्योतिषले पनि बताउन सकेनन्। तर, राशी अनुसार 'इ'बाट नाम आउने ठाउँ फाप्ने सुनाए। केदार 'इ'बाट आउने ठाउँको नाम सम्भि्कन थाले। 'ईन्द्रचोकमा त किन्न सकिनँ। अनि लागेँ इमाडोल तिर,' उनले भने, 'अब त जसले बसाइँ सर भने पनि मान्दिन। छरछिमेकीसँग यस्तो सम्बन्ध बनिसक्यो कि घर बेच्न लागेको थाहा पाए भने कुट्न आउँछन्।'

घरको तला थपेपछि केदार घरभेटीसमेत भएका छन्। 'पन्ध्र वर्ष डेरामा बसेको अनुभवले कस्तो घरभेटी बनायो?' 'म डेरामा बस्दाको जस्तो टाट छैनन् मेरो घरमा बस्ने। मभन्दा धनी छन्। भाडा उठाउन जानै पर्दैन। छत, बरन्डा जता जान पनि छुट छ। सुविधा पनि बराबर।'

मकवानपुरको ठिंगन गाउँका केदारको राजधानीमा घर ठड्याउने सपना त पूरा भयो। तर, आफ्नो 'सपनाको घर' भने अर्कै छ भन्छन्। 'हुन त घर सबैको सहमतिमा बनाउने कुरा हो। तर मैले अर्कैखाले घरको सपना देखेको छु', उनी सपनाको घरको वर्णन गर्न थाले, 'बाहिरबाट हेर्दा आधुनिक भए पनि भित्र गाउँको जस्तो होस्। अँगेना, चुल्हो, चिम्टा, ढुङ्ग्रो, ठेकी, मदानी आदि भएको भान्छा। पिर्कामा बसेर भात खाने व्यवस्था। हुन त काठमाडौं यस्तो घर झन् महँगो हुन्छ। तर, सपना देख्न पैसा लाग्दैन। म त सधैं यस्तै घरमा पुग्छु।'
Logged
Pages: 1 [2] 3   Go Up
  Print  
 
Jump to:  


Powered by MySQL Powered by PHP Powered by SMF 1.1.11 | SMF © 2006-2009, Simple Machines LLC Valid XHTML 1.0! Valid CSS!
Page created in 3.741 seconds with 23 queries.