Nepali Community Forum - सबै नेपालीको साझा फोरम
XNepali Home   l  Blog/movies   l  Nepal News   l  Songs   l  Videos   l  Image Host   l  Unicode Nepali   l  Gallery   l  Tech Tips   l  HTML editor
September 02, 2010, 06:37:56 PM *
Welcome, Guest. Please login or register.

Login with username, password and session length
 
   Home   Help Login Register  
"Art & Photography" moved to Entertainment Section. New section "Nepali Models" added and 'Music" and "Video" are merged.
Pages: [1]   Go Down
  Print  
Author Topic: Deepak Raj Giri  (Read 1549 times)
0 Members and 1 Guest are viewing this topic.
tundikhel
X.Hero Member
*

Reputation : +56/-7
Posts: 8104


View Profile
« on: November 28, 2009, 12:03:25 PM »

Deepak Raj Giri is one of the finest comedy actor of Nepal. He has proved his ability in the stream of comedy TV serials and some feature films he has acted in. His most famous and publically appreciable telifilm is "Titto Satya'.



गुलियो रहेसम्म चलिरहन्छः दीपकराज गिरी

२०-असार-२०६४,बुधवार

नाम, दाम र इज्जत तीनै चिज कमाउन सफल थोरै कलाकारमध्येमा पर्छन् दीपकराज गिरी। नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य धारावाहिक 'तीतो सत्य'का कारण चर्चाको शिखरमा पुग्न सफल उनी केही समययता ठूलो पर्दाको सिनेमातिर पनि व्यस्त हुन थालेका छन्। उनले अभिनय गरेको ठूलो पर्दाको चलचित्र 'नेपाल' अब काठमाडौंबाहिरबाट चाँडै प्रदर्शन हुँदैछ भने 'सुन्दर मेरो नाम' छायाङ्कनमा रहेको छ। भोलि बिहीबार प्रसारण हुने तीतो सत्य दुई सय दुई भागमा प्रवेश भएको छ।

कतिसम्म जाला तीतो सत्य?
– दर्शक र हाम्रा शुभचिन्तकहरूलाई तीतो नलागेसम्म। उहाँहरूलाई गुलियो लागुञ्जेलसम्म तीतो सत्य अगाडि बढिरहने छ।
तर तीतो सत्य त बन्द हुने हल्ला छ नि?
– नयाँ आर्थिक वर्षअगाडि सधैं यस्तै हल्ला चल्छ, तर
बन्द हुँदैन।
अहिले तीतो सत्यमा व्यङ्ग्य बढी हान्न थालिएको हो?
– यही त हो नि लोकतन्त्रको मज्जा! शाही शासनमा हामीमाथि पनि बन्देज थियो। शाही शासनमा दल र पार्टीहरूलाई व्यङ्ग्य हान भन्दथे तर हाम्रो नैतिकताले दिँदैनथ्यो। तर, अहिले कतैबाट त्यस्तो छेकबार छैन। अहिले पनि कुनै पक्षमा चाहिँ सीमाबार र छेकबार त छ नै अझै।
कमेडी सिरियलमा किन यस्तो बाढी?
– हामी हरेक चिजलाई गलैंचा उद्योग जस्तै गरी अँगाल्छौं। अर्थात्, अनावश्यक मात्रामा सङ्ख्या बढ्यो। छिमेकीको भैंसीले दूध धेरै दियो भनेर आफ्नो गाई मारेर भैंसी किन्ने नराम्रो चलन छ यहाँ। अहिले यस्तै भएको छ कमेडी सिरियलको लहर पनि।
तीतो सत्यमा दीपक र दीपामात्र हावी किन नि?
– यो आरोप केही हदसम्म सही पनि हो। मुख्य पात्र भएकाले त्यस्तो लागेको हो। तर, अब आगामी दिनहरूमा दर्शकहरूले यस्तो कमेन्ट गर्न पाउनुहुने छैन। हामी अब परिमार्जित रूपमा आउँदैछौं।
कति मोटरसाइकलमा मात्र। अब गाडी किन्ने होइन भन्या?
– म गाडी त्यतिबेला किन्नेछु जतिबेला गाडीबाट ओर्लेर फेरि मोटरसाइकल चढ्न नपरोस् र फाइनान्सले मेरो गाडी खोस्न नसकोस्।
अनि 145बाहरवाली146 तिर कत्तिको आँखा लगाइन्छ त?
घरकोलाई नै आँखा लगाउने समय छैन कहाँ बाहिरतिर नि?  


« Last Edit: November 28, 2009, 12:36:08 PM by tundikhel » Logged
tundikhel
X.Hero Member
*

Reputation : +56/-7
Posts: 8104


View Profile
« Reply #1 on: November 28, 2009, 12:03:43 PM »

Bittersweet teen of Deepak Raj Giri     
     

AKANKSHA UPADHYAY
KATHMANDU, Sept 15: “I pick-pocketed a lot of cash from my father,” confesses Deepak Raj Giri, the main pillar of “Tito Satya”, which is one of the most popular comedy serials of Nepal. The soft-spoken Giri has not only struggled to get to this point but also worked hard to maintain the status for a decade. The social and political satires projected in his serials are prepared with the sincerity and dedication to his work.

“Stealing money from my father’s jacket wasn’t very difficult as my father was absent minded and never counted his money properly,” he says simply. “As soon as he changed his clothes after coming home, I took a bill out of his coat which would fully fuel me for the next day.”

Giri claims to have been a naughty child.



“I went to school five days a month,” he says, recalling his student days. “The rest of the month, I went to cinemas to watch movies. I’ve watched a particular movie 30 times,” he says.

Yet he managed to pass in every subject except mathematics. “I failed twice in the SLC examinations in the same subject,” he says, laughing.

Giri thinks the movies of those days were worth every paisa he filched from his unwary father’s loaded pockets.

“But these days, Nepali movies aren’t made for entertainment but to make people sleep,” he says in his usual satirical tone, mentioning some exceptions at the same time. But ironically, he himself dreams of making movies. “I’ll make a comedy movie full of social satire, and lessons to be learnt as well,” he says.

He also owns up that he had a girlfriend during his teenage days. “She was my neighbor and I liked everything she did,” he says.

He still remembers the love letter he wrote to the girl next door. After he sent the letter to her through his friend, she got mad at him. But one fine day during the time of Fagu, some guys were showering her with water-filled balloons.

“I acted like a hero, fought against the guys and saved her,” he says, admitting how the impact of action movies had influenced him. After that, she started getting attracted to him. “But it was because of caste discrimination we couldn’t get married,” he says. “My parents tried their best but failed, and she wasn’t ready to elope with me.”

Giri was 17 when he got married to his wife. “After that, I was responsible and worked in an office,” he says. “Then we had children and I got into cinema which made me busy. I actually miss my teenage days.”

Published on 2009-09-15 (republica)
Logged
tundikhel
X.Hero Member
*

Reputation : +56/-7
Posts: 8104


View Profile
« Reply #2 on: November 28, 2009, 12:07:35 PM »

25 Aug 2007

भनिन्छ, मान्छेको जिवनको अनेकौं रंग हुन्छ। त्यही रंगहरु कसैले जानेर अभिव्यक्त गर्छ त कसैले अन्जानमा। हाँसो वा हाँस्य पनि मान्छेको जिवनका अनेकौं रंग मध्य एक हो। त्यसैपनि मान्छेलाई रुवाउन सजिलो हुन्छ रे त हँसाँउन बडो गार्हो। नेपाली राजनितिको तातो भुङ्ग्रोमा रापिएका जनतालाई एउटा यस्तो मान्छेले आफ्नो त्यही हाँस्य रसले सितलता दियो जो नेपाली हाँस्य बिधाको एक प्रसिद्ध सिल्पि हो, दिपक राज गिरी। कलाकार, निर्देसक, एफ एम आरजे, अनि यस्तै यस्तै अनेकन प्रतिभाका धनि। नेपाली टेलिभिजन आकासको सबैभन्दा बढि हेरिने कार्यक्रमको स्रेय पनि उनकै पोल्टामा परेको छ, "तितो सत्य" मार्फत।
दिपक राज गिरी सँगको यो भलाकुसारी सायद डिजिटल पाठकहरुलाई रामाइलो लाग्नेछ।

अहिले के मा ब्यस्त हुनुहुन्छ ?
- "तितो सत्य" तथा ठुलो पर्दाको चलचित्र "सुन्दर मेरो नाम" ।

तपाई हाँस्य ब्यङ्गँमा कसरी लाग्नु भयो ?
- ट्वाक्कटुक्क बाट यो यात्रा शुरु भयो ।

रेडियोमा पहिले कि टेलिभिजनमा ?
- रेडियो नेपाल मेरो कलायात्राको पहिलो खुड्किलो हो

टिभी सिरियल र रेडियो प्रस्तोता कुन बढि आनन्द दाइक छ ?
-टिभीमा आनन्द लाग्छ यसको अर्थ अरु राम्रो छैन भन्ने होइन ।

तपाइलाई यस क्षत्रमा ल्यउने श्रेय कसलाई जान्छ ?
- दिनेश डिसी स्वर्गिय दिपक कोइराला ।

सानोमा कस्तो हुनुहुन्थ्यो? परिवारमा को को सदस्य हुनुहुन्छ?
- अत्यन्तै चन्चले। पिताजी मूमा भाइ श्रीमती छोरी र छोराहरु ।

यस क्षेत्रमा किन लाग्नु भएको दाम कमाउन की नाम कमाउन?
- पहिला नाम काम पछि दाम आफै आउदो रहेछ ।

तपाइको अध्यायनमा भन्दा बढि फिलिम हेर्ने र घुम्ने समय बढि हुन्थ्यो रे हो?
- म महिनामा ५ दिन स्कुल जान्थे बाँकि दिन सिनेमा हलमा ।

राजनीति मन पर्छ?
- पर्दैन भन्न हुदैन तर राजनीतिमा रहेको विकृती मन पर्दैन ।

त्यसोभए तपाई राजतन्त्रवादी कि गणतन्त्रवादी ?
- म लोकतन्त्रवादी हु ।

तपाइलाई राजावादी कलाकार भन्दा रैछ नी?
- ती मानिसमा अध्यनको कमी छ ।

संविधान सभाको निर्वाचन होला? नेपालमा राजतन्त्रको अवस्था कस्तो छ?
- अवश्य हुनुपर्छ। राजतन्त्र अव अवशानको क्रममा छ ।

तपाइलाई सवैभन्दा मनपर्ने नेपाली राजनेता को हो?
- गिरिजा प्रसाद कोईराला ।

"तीतो सत्य" अलि खस्केको हो?
- सायद, २ सय भाग पुगि सक्यो ।

१ सय भागमा रोक्ने भनेको २ सय भाग सम्म पनि लगातार चलाई राख्नु भएको छ के दर्शक श्रोतालाई ढाट्नु भइको हो?
- ढाटेको होइन, बरु उहाँहरुले बन्द गर्नु हुन्न भनेकोले चलाई राखेको ।

अहिले तितोसत्यको दशा पनि सन्तोष पन्तको "हिजोआज को कुरा" जस्तो भइ सक्यो भन्छन् नी दर्शकहरु?
- त्यसमा म विश्वास गर्दिन खस्केको केहि हदसम्म होला डुबेको छैन ।

आफ्नो सिरियलमा सधै उस्तै ठाँउ र एउटै कलाकार राख्नु हुन्छ बजेटको अभाव की दर्शकको अपमान?
- कथाको माग ।

कुन कुन देश जानु भएको छ?
भारत, चिन, कतार, कुवेत, बहराइन, कोरीया, मलेशिया, बेलायत आदि ।

कार्यक्रम आयोजक हरु दिपकराज गिरीलाई बिदेश जानुभन्दा अगाडी धेरै कुरामा फकाउनु पर्छ भन्छन् नि। कहिले समय नमिलाउने, समय मिले रकम नमिलाउने, रकम मिले आजै चहिन्छ भनेर आयोजकलाई वाक्क बनाउनु हुन्छरे, किन त्यस्तो ब्यवहार?
- बेकारको कुरा त्यसो भए यत्रो देश कसरी घुम्थे ।

तपाई अर्को जन्ममा के भएर जन्मन चाहानु हुन्छ ?
- अवश्य कलाकार ।

तपाइको केटी साथी धेरैछन् भन्ने हल्लाछ तर एक जना मात्रै केटी सँग डेट गर्न पाए कसलाई लैजुनु हुन्छ?
- अन्तर्वामा त बूढीलाइ नै भन्नु पर्योनी ।

पैसा कति कमाउनु भयो?
- अरुसँग हातथाप्नु नपर्ला अव।

यति धेरै कमाउदा पनि किन कार चढ्ने रहर नलागेको ?
- म कार त्यति बेला चढ्छु जतिबेला मोटर साइकल फर्कनु नपरोस ।

दिपा र तपाइको सम्बन्ध के हो?
- अत्यन्त सुमधुर

बजारमा त दिपा र दिपकको चक्कर छ भन्छन नी?
- चक्कर नभए यति लामो सम्बन्ध हुन्छ? तर मित्रताको चक्कर।

तपाइको प्रतिस्पर्धि को हो ?
- म आफै, मेरा राम्रा कार्यक्रमहरु, मेरा आगामी कार्यक्रम प्रतिस्पर्धि हुन् ।

तपाईलाइ आफ्नो सिरियलमा मह जोडीको कथा चोरेको आरोप पनि लाग्ने गरेको छ नी?
- त्यो कुरा पुरानो भो, प्रभाव भएको होला कुनै एउटा कथा चोरेको उदाहरण दिनुस यो लाइन नै छाडिदिन्छु ।

अन्तमा तपाइको आफ्नो दर्शक र श्रोतालाई केही भन्न चाहानु हुन्छ?
- सधै तपाइहरुको सुझाव सल्लाह चहिन्छ निरन्तर दिइरहनु होला ।

अन्तरवार्ता: राजु बलम्पाकी
सहयोगी: परमानन्द खनाल
source - fursad
Logged
tundikhel
X.Hero Member
*

Reputation : +56/-7
Posts: 8104


View Profile
« Reply #3 on: November 28, 2009, 12:36:54 PM »

दाँतमाथिको मिहिनेत
14 July 2008-Monday

केही चलचित्र निर्देशकहरु कलाकारलाई अल्छीको संज्ञा दिन्छन् तर नेपाली चलचित्रमा अहिले कलाकार र निर्देशक एकअर्कालाई प्रशंसा गरेर थाक्दैनन् । ती कलाकार हुन्, दीपकराज गिरी र निर्देशक हुन्, विजय थापा ।

नेपाली चलचित्र उद्योगका लिजिण्ड निर्देशक मानिने स्व. प्रकाश थापाका सुपुत्र विजयको पछिल्लो चलचित्र "सुन्दर मेरो नाम" अब रिलिजको तयारीमा छ । चलचित्रले एउटा कुरुप व्यक्ति पनि हृदयको कारण सुन्दर हुनसक्छ भन्ने विषयमा कुरा उठाएको छ । जसमा कुरुप सुन्दर बनेका छन्, दीपकराज गिरी ।

"म पहिलो पटक ठूलो पर्दाको चलचित्रमा नायक बन्न पाइरहेको छु", साइबरसंसारसँग कुरा गर्दै दीपकले भने- "म यहाँ कुनै जोकर बन्न लागेको छैन । यो मेरो सौभाग्य हो कि मैले यस्तो राम्रो ब्यानरमा चलचित्रको नायक बन्ने अवसर पाएँ ।" त्यसैले त उनले निर्देशक थापाको प्रशंका नगरिरहन नसकेका हुन् ।

त्यसो त उनको खुशी धेरै लामो समयसम्म टिक्न सकेन । जुन चलचित्रमा उनी नायकका रुपमा देखिएका छन्, त्यसमा उनको भएको दाँतलाई पनि कुरुप बनाउनु पर्ने थियो । त्यसो त कलाकार भएपछि, जे गर्न पनि तयार हुनुपर्ने बाध्यताका बीच उनले दाँतलाई पनि कुरुप बनाए । तर उनी जस्तो टेलिभिजनको व्यस्त कलाकारलाई दिनको ६ घण्टा यही दाँतका लागि छुट्याउनु पर्दा चाहिँ दिक्दारी नै भएको थियो ।

"अब तपाइँ आफैँ भन्नुस्, दाँतका लागि छ/छ घण्टा कुर्नुपर्ने हुँदा मेरो धैर्यताको सीमा कसरी नटुटेको हुँदो हो", उनले भने- "सुटिङका क्रममा पनि यो दाँतले निकै दुःख दिएको छ ।"

तर अहिले दीपकले ती सबै दुःख भुलिसकेका छन् । उनी अहिले यो चलचित्र रिलिज कहिले होला भनी प्रतीक्षामा छन् । आखिर नायक बनेर खेलेको चलचित्रको प्रतीक्षा अहिले उनलाई नै बढी छ ।

Cybersansar -
Logged
tundikhel
X.Hero Member
*

Reputation : +56/-7
Posts: 8104


View Profile
« Reply #4 on: November 28, 2009, 12:40:10 PM »

गाली    मात्र    गरेको    हो

राजकुमार जोशी पहिलादेखि नै राम्रो रोल चाहियो, लामो रोल चाहियो भनेर अनुरोध गर्थे। त्यसपछि मैले उनको प्रतिभालाई हेरेर सानो रोल भए पनि दिएको हुँ। सुटिङका क्रममा उनले टेक खान पुगे। यस सम्बन्धमा मैले कमेन्ट गरेको हुँ। तर उनी सुटिङस्पटमा ठूल-ठूलो स्वरले कराउन थाले। कलाकार भएपछि सहनशील त हुनु नै पर्‍यो। मैले पनि पहिला निर्देशकबाट टेक खाँदा गाली खानुपरेको थियो। तर उनी अनुशासनमा बसेनन्, नियममा बसेनन् अनि दीपा र अन्य साथीहरुले गाली गरेकोसम्म हो।
- दीपकराज गिरी- कलाकार तीतो सत्य युनिट

-   राजकुमार    जोशी  Version of story

ममाथि    दुर्व्यवहार    भयो

म २०३९ सालदेखि कला क्षेत्रमा प्रवेश गरेको हुँ। सुदूर पश्चिमाञ्चल क्षेत्र धनगढीबाट विभिन्न समयमा सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउँदै आएको छु। सात-आठ वर्षदेखि अहिलेसम्म राजधानी आई कला क्षेत्रमा लागि परेको छु। यस अवधिमा मैले चलचित्रहरु अंजुली, यस्तै रहेछ जिन्दगी, मनको टुक्रा, इन्द्रावती, सुखदुःख, उपहार, ठूले, ख्यालख्यालैमा, लडाइँ, ममता, उकाली ओराली, हमी तीन भाइ, को होला मेरो मायालु, ए पण्डित बाजे, अभिमन्यू, भाग्य विधाता र मर्ममा विभिन्न भूमिका निर्वाह गरी अभिनय गरिसेको छु।

त्यस्तै गरी नेपाली च्यानलहरुबाट प्रसारित टेलिशृङ्खला हिजो आजका कुरा, कसलाई आफ्नो भनुँ, दर्शन जिन्दगीको, अपराध, पुष्पाञ्जली, लुकामारी र तीतो सत्यलगायतका विभिन्न टेलिशृङ्खलामा अभिनय गरिसकेको छु। हालै मात्र जातीय समानताका लागि कैलालीबाट निर्माण गरिएको ‘ममता’ टेलिचलचित्रमा निर्देशन सहयोगी र कलाकारको रुपमा पनि काम गरेको छु।

टेलिसिरियलमा काम गर्ने सिलसिलामा गत माघ २२ गते ‘तीतो सत्य’मा छायांकनका क्रममा उक्त शृङ्खलाका निर्देशक दीपकराज गिरी, दिपाश्री निरौला र उक्त युनिटका एक प्राविधिकबाट ममाथि सांघातिक आक्रमणको प्रयास भएकाले कामनाका पाठकसमक्ष उक्त घटनाका बारेमा जानकारी गराउन चाहन्छु।

तीतो सत्यमा मैले यसअघि पनि धेरै पटक अभिनय गरिसकेको थिएँ। अभिनय गर्ने क्रममा मलाई माघ २२ गते तीनकुनेको सुटिङ लोकेसनमा बोलाइएको थियो। म १० बजे बिहान कलंकीस्थिति आफ्नो निवासबाट निस्किएर ११ बजेतिर सुटिङस्थलमा पुगें। बाटोमा ट्राफिक जामका कारण अलि ढिलो हुन पुग्यो। स्पष्टमा पुग्दा सुटिङ शुरु भैसकेको थिएन। तर पनि ढिलो आएको कारण मैले खप्की खानुपर्‍यो। मेरो ढिलाइले गर्दा सुटिङमा अप्ठ्यारो हुन गएको भए म जाऊँ त भन्दा अहिले जानु पर्दैन, बस्दै गर्नु भनेर मलाई सम्झाइयो। म सुटिङ कार्यलाई सघाउँदै बसें।

दिउँसो नास्ता गर्ने क्रममा मलाई एउटा भूमिकाको लागि बोलाइयो। अहिलेलाई केही नगरौं पछि लामो भूमिका भए गरौंला भनेर म बिदा हुन थाले। तर दीपकराज गिरीले जंगिँदै यहाँ आएर यस्तो कुरा गर्ने - तपाईंलाई थाहा छ, यो कस्तो किसिमको रोल हो भनेर - तपाईंले स्क्रिप्ट पढ्नु भएको छ - भने। म सुटिङ अवधिभर युनिटसँगै बसें। सुटिङको लागि तीनकुनेस्थित पेट्रोलपम्पमा पुग्नुअघि मलाई मेरो संवाद अम्झाइयो र सो पम्पमा सुटिङ गर्न थालियो। सुटिङ एकदमै हतार भैरहेको थियो। मैले अभिनय गर्दा केही समयसम्म संवाद दोहोर्‍याउनुपर्‍यो।

त्यसबीचमा दीपाश्रीले मलाई १७-१८ वटा चलचित्रमा खेलेको रे १ संवाद बोल्न पनि आउँदैन - भन्दै सबैको अगाडि बेइज्जत गरिन्।चारैतिरबाट सुटिङ हेर्न आएका दर्शकको अगाडि त्यसो भन्दा पनि मैले केही प्रतिउत्तर दिइन। किनकि त्यो बेला सुटिङको समय थियो। केही समयपछि मेरो टेक ओके भयो। करिब ५ मिनेटको अन्तरालमा सुटिङ प्याकअप पनि भयो।दीपकजीले एउटा डाइलग कण्ठ गर्न नसक्ने मान्छेले लामो रोल गर्छु भनेर फूर्ति लगाउने भन्दै सबै दर्शकको अगाडि पुनः गाली गर्न थालेपछि मैले पनि जतिसुकै व्यावसायिक कलाकारले पनि टेक खान सक्छ सर, कहिलेकाहीं तपाईंलाई पनि यस्तो हुन सक्छ भन्ने जवाफ दिएँ। त्यसपछि दीपकले तिमी बढ्ता कुरा नगर १० बजे बोलाएको मान्छे ११ बजे आउने अनि यस्तो कुरा गर्ने भनी झपार्न थाले।

मैले पनि जवाफमा बिहानदेखि बेलुकासम्म सुटिङस्पटमा बसेको छु। एक छाक खाना र दिउँसोको नास्ता पनि नगरेर बिनापैसा अभिनय गर्दा पनि मैले धोका दिएको आरोप लगाउन त भएन नि १ बरु मैले गरेको अभिनय मन परेको छैन भने सिन हटाइदिए हुन्छ। यदि मेरो अभिनयको सिन राखिएमा मेरो नाम पनि राख्नुहोला, किनकि पहिले पनि काम गर्दा धेरै पटक क्याप्सनमा मेरो नाम छुटेको थियो।’

त्यसपछि दीपाले त्रि्रो नाम किन राख्ने - ‘तिमी को हौ र - यस्ता मान्छेको नाम राखिँदैन भनेर भनिन्। मैले तत्कालै तपाईं मलाई काम गर्न बोलाउने काम गरिसकेपछि नाम चाहिँ नराख्ने यो त हामीजस्ता कलाकारमाथि अन्याय र श्रम शोषण भयो नि, भने। तत्पश्चात् दीपक र दीपाले ममाथि आक्रमण गर्न खोजे। त्यत्तिकैमा सुटिङका एक प्राविधिक आएर मलाई मारिदिन्छु भन्दै ट्राइपोर्ट लिएर आक्रमण गर्न खोजे। तर जम्मा भएका स्थानीय बासिन्दाले उनीहरुलाई समातेर एकातिर लगेपछि म ठूलो आक्रमणबाट जोगिएँ।यसरी कुनै सम्झौता नै नगरेको अवस्था र रोलको बारेमा कुनै स्पष्ट जानकारी नै नदिई सुटिङ स्पटमा बोलाइएको भए तापनि मलाई अनेक बहानामा मानसिक यातना दिइयो। विभिन्न विकृति र विसंगतिमाथि घोचपेच गरी चर्चाको शिखरमा पुग्न सफल जिम्मेवार कलाकारबाट यस्तो व्यवहार हुनु कदापि ठीक होइन। त्यस बखत मेरो धैर्य टुटेको भए त्यहाँ भिडन्त नै हुन सक्ने अवस्था थियो तर मैले आफ्नो धैर्यलाई कायम राखेका कारण त्यस्तो दुर्घटना हुन पाएन।

- राजकुमार जोशी -कलाकार)

source - Kamana (218)
Logged
tundikhel
X.Hero Member
*

Reputation : +56/-7
Posts: 8104


View Profile
« Reply #5 on: November 28, 2009, 12:41:37 PM »

  'आफ्नो बिहेमा रोएको थिएँ'
शनिवार, 14 नोभेम्बर 2009 16:16 नागरिक


दसमा दस- दीपकराज गिरी (नेपाली चलचित्रका अभिनेता तथा तितो सत्यका निर्देशक कलकार गिरीलाई सोधिएका दश प्रश्न)

१. सबैभन्दा राम्री हिरोइन?
प्रियंका चोपडा।

२. साथमा कहिल्यै नछुट्ने दुई चिज?
मोबाइल।
पैसा।

३. अरूलाई थाहा नभएका तपाईंका तीन रहस्य?
एसएलसीमा दुईपटक फेल भएको थिएँ।
आफ्नै बिहेमा रोएको थिएँ।
प्रोडक्सन कन्ट्रोलर भएर फिल्म क्षेत्रमा प्रवेश गरेको हुँ।

४. राम्रो लागेका चार फिल्म चरित्र?
'लालपूर्जा' सिरियलमा हरिवश आचार्यको 'ध्रुवराम पण्डित'।
'शोले'मा अमजद खानको 'गब्बर सिंह'।
'चिनो'मा सुनिल थापाको 'राते काइँला'।
'दीवार'मा अमिताभ बच्चनको 'विजय'।

 

५ मन परेका पाँच पुस्तक?
मुनामदन
सेतो बाघ
जयभुँडी
मुटुको व्यथा
सुम्निमा

 

६. मन परेका ६ शहर?
हङकङ
सियोल
फिक्कल
सिलोङ
पोखरा
दुबई

 

७.सात कलाकार साथी?
निर्मल शर्मा।
रामकृष्ण ढकाल।
गोपाल अधिकारी।
दीपाश्री निरौला
ऋषि लामिछाने।
सरिता लामिछाने।
दिलिप रायमाझी।

 

८. काठमाडौंका राम्रा लाग्ने आठ कुरा?
साँझको जीवन।
बिहानको खुला सडक।
यहाँका मानिस।
यहाँका ठिटी।
रेस्टुरेन्ट।
प्राकृतिक सौन्दर्य।
मौसम।
मःमः।

 

९. देश विकासका लागि गर्नुपर्ने नौ काम?
नातावाद र कृपावादको अन्त्य।
स्थिर राजनीति।
च्याउसरीका दलमाथि काटछाँट।
विचारहीन नेताको ठाउँमा नीतिवानलाई स्थान दिने।
कार्यकर्ताभन्दा जनतालाई माया गर्ने।
सरकारमा छँदा बैंक ब्यालेन्स होइन विकासका काम बढाउने।
खानीको अनुसन्धान र उपयोग गर्ने।
जलविद्युत उत्पादन बढाउने।
विदेशी परनिर्भरता हटाउने।

 

१०. पैसा कमाउने १० उपाय?
जग्गा दलाली।
तस्करी।
लागुऔषध कारोवार।
देहव्यापार।
ठेक्कापट्टा।
राजनीति।
नग्न नृत्यबार खोल्ने।
रेस्टुरेन्ट चलाउने।
रक्सी फ्याक्ट्री खोल्ने।
कलाकारलाई पैसा नदिई फिल्म बनाउने।
Logged
Pages: [1]   Go Up
  Print  
 
Jump to:  


Powered by MySQL Powered by PHP Powered by SMF 1.1.11 | SMF © 2006-2009, Simple Machines LLC Valid XHTML 1.0! Valid CSS!
Page created in 4.974 seconds with 24 queries.