tundikhel
X.Hero Member
Reputation : +57/-7
Posts: 8124
|
 |
« Reply #242 on: October 29, 2009, 11:32:39 PM » |
|
Yo chai sabai thauma hune kura Nepal ma bharkhar suru bhayachha......
Good start!!
साथीसँग यौन शिक्षाका कुरा अमृता अनमोल (taken from Kantipur)
बुटवल, २०६६ कार्तिक १३ - उमेरसँगै कौतुहल पनि बढ्दै जान्छ । झन् स्कुल/क्याम्पस पढ्दाको उमेरमा त ? 'बुझेर/नबुझेर यौनका विषयमा बढी चासो हुने रहेछ,' शनिबार एउटा समूहमा भेटिएका रामनारायण यादवले सुनाए, 'सामान्य कुरा पनि जटिल र जटिल पनि सामान्य लाग्छन् ।'
यी सामान्य र जटिल दुवैको सही व्यवस्थापन नहुँदा समस्या नहुने कुरै भएन । यस्तै समस्या समाधान गर्न यहाँका किशोर-किशोरीले साथीसँग यौन शिक्षाबारे खुलेर छलफल सुरु गरेका छन् । सबैको चासोमा पर्ने तर कमले अभिव्यक्त गर्ने यो विषयमाथि उनीहरूको चासो किन ?
'आफ्ना समस्याको पहिचान र समाधान निकाल्न,' यादवले कारण सुनाए, 'समस्या पहिचान नभए र कारण नपहिल्याए समाधान निस्किँदैन नि ।'
पश्चिम रूपन्देहीको अमुवा गाउँ उनीहरूको भेट्ने स्थान हो । समय प्रत्येक शनिबारको ठीक ११ बजे । गाउँका एक हूल किशोरकिशोरी भेलामा सहभागी हुन्छन् । गोलाकार बनेर बस्छन् र सुरु गर्छन् यौन शिक्षाका कुरा ।
उनीहरूको समूहमा प्राय १२ देखि १९ वर्ष उमेर समूहकाको बाहुल्य छ । मावि र उच्चमावि तहमा पढ्नेहरू छन् । भेलामा उनीहरू आफ्ना समस्या बताउँछन्, कौतुहल सुनाउछन् र समाधानका उपाय निकाल्छन् । आफू र आफ्नो परिवारमा हुने यौन समस्याबारे बोल्न धक मान्दैनन् ।
'कहिलेकाहीँ निष्कर्ष ननिक्लिन पनि सक्छ,' यादवले भने, 'यस्तो बेला छलफल अर्को सातालाई सारिन्छ र नजिकका स्वास्थ्यकर्मीर् तथा स्वास्थ्यसम्बन्धी विज्ञ ल्याएर समाधान निकालिन्छ ।' यसका लागि उनीहरूले समूहको नाम तोकेका छन् अमुवाका प्रकृति साथी संवाद समूह । जसको उद्देश्य हो- किशोर-किशोरीका यौन जिज्ञासा र समस्या समाधान गर्ने ।
यसरी भेला हुने उनीहरूको अभियान सुरु भएको तीन वर्ष भइसक्यो । 'यस्तो छलफलले यौन विकृति घट्छ,' उनीहरूलाई लागेको छ, 'अझ व्यवस्थित गर्ने हो भने पाठ्यक्रममा समावेश गनर्ुपर्छ, हामीले आफ्नै उमेरका अरूलाई सही बाटोमा लाग्न प्रेरणा दिने हो ।'
यौनका कुरा गोप्य राख्दा आफैँलाई घाटा हुन्छ भन्ने उनीहरू ठान्छन् । यो विषयको छलफल र बहस श्रीमान्-श्रीमतीमा मात्रै सीमित राखिनु हुन्न । तर यस्तो छलफल चलाउन सजिलो भने थिएन । 'कतिले छोराछोरीलाई छलफलकै बीचमा घिस्याएर पनि लगे,' समूहकी सुनीता खनालले तीन वर्षअघिको घटना सम्भिmइन्, 'त्यसपछि हामीले यहाँका भद्र-भलादमी, एनजीओ, आईएनजीओ सबैलाई गुहारेर अभिभावकका लागि यौन शिक्षाको महत्त्व बुझायौं ।' अहिले अभिभावक आफैँ छोराछोरीको समस्या लिएर आउँछन् ।
अमुवामा जस्तै रूपन्देहीका विकट मैनहिया, हर्नैया, रुद्रपुर, पश्चिम अमुवा, मक्रहर गंगोलिया, सेमरा मर्चवार, असुरैना, रोहिणीहवा, देवदह लगायतका एक दर्जनबढी गाविसमा पनि यौन शिक्षाका लागि किशोर-किशोरीहरूले संवाद समूह बनाएका छन् । यी सबैमा साप्ताहिक वा पाक्षिक रूपमा यौन शिक्षा र प्रजनन स्वास्थ्यका बारेमा छलफल गर्छन् । प्रजनन, पारिवारिक स्वास्थ्य, एचआईभी र लागू औषधका बारे बहस गर्छन् ।
'विवाहको उमेर, त्यसपछिको तयारी, सुरक्षित गर्भ र बच्चाको जन्म सबै विषयमा छलफल हुन्छ,' सुनीता भन्छिन् । यो अभियानको अध्ययन गरेका परिवार नियोजन संघ बुटवलका प्रबन्धक दिनेश जोशी युवामा सकारात्मक प्रभाव पारेको सुनाउँछन् । 'संकोच र विकृति हटेको छ, उनले भने, 'कुलतबाट किशोर-किशोरीलाई जोगाएको छ ।' रूपन्देहीमा करिब एक सय सत्तरीवटा यस्ता समूह छन्, जो साथीसँग यौन शिक्षाको बहस गर्छन् ।
|