ratobadar
X.posting
Reputation : +0/-2
Posts: 45
|
 |
« Reply #50 on: November 26, 2009, 11:34:08 PM » |
|
nepalii..actress ta tikaii chan.. actor need to work out man...n need to grid of thoz grumy loooks.
|
|
|
|
|
Logged
|
|
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +56/-7
Posts: 8104
|
 |
« Reply #51 on: November 30, 2009, 02:00:06 PM » |
|
Arunima Lamsal and Mukesh Dhakal 
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +56/-7
Posts: 8104
|
 |
« Reply #52 on: November 30, 2009, 02:00:24 PM » |
|
Richa and Raj Ballav 
|
|
|
|
|
Logged
|
|
|
|
hindenburg
X.Jr Member
Reputation : +19/-0
Posts: 158
|
 |
« Reply #53 on: November 30, 2009, 09:24:26 PM » |
|
Hamro nepali acctress haru ko pani pragati hudai 6.....namrata jasto aruko pani herna pahiyos!!
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +56/-7
Posts: 8104
|
 |
« Reply #54 on: December 11, 2009, 11:17:04 AM » |
|
 नायिका उषा पौडेल ।
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +56/-7
Posts: 8104
|
 |
« Reply #55 on: December 16, 2009, 01:18:14 PM » |
|
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +56/-7
Posts: 8104
|
 |
« Reply #56 on: December 16, 2009, 01:19:18 PM » |
|
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +56/-7
Posts: 8104
|
 |
« Reply #57 on: January 06, 2010, 01:48:51 PM » |
|
नायिकाको यौन-उदारता Jan 2010
चलचित्र सिलसिलामा राज तिमल्सिना र सोनिया केसीबीचको टङकिस सिन पछिल्लो दिनमा चलचित्रक्षेत्रमा निकै चर्चाको विषय बन्यो । चलचित्र सिलसिला हलबाट उत्रिन नपाउँदै अन्य केही चलचित्रमा पनि यस्तै दृश्य राखेर व्यापार बढाउने प्रयास गरेको देखियो । अबका दिनमा धेरै चलचित्रमा चर्चाकै लागि पनि यस्ता दृश्य राख्ने होडबाजी चल्ने निश्चित छ तर अहिलेका सबै नायिका यस्ता सिन दिन तयार छन् वा छैनन् अथवा चलचित्रमा चल्नकै लागि यौनजन्य विषयमा कति उदार हुन सक्छन् – यो बहसको विषय हुन सक्छ ।
हुन त अहिले चर्चा भए पनि एक दशकअगाडि नै नायिका करिस्मा र नायक शिव श्रेष्ठले गरेको किससिन बिल्कुलै सामान्य थिएन । चलचित्र सिलसिलामा किससिन अत्यन्तै आवश्यक भएर राखिएको र यो चलचित्र चर्चामा ल्याउन मात्र राखिएको नभएको यसका निर्देशक राजेन्द्र उप्रेती बताउँछन् । भन्छन्- ँकिसले मात्रै चलेको हैन, विषयवस्तु नै राम्रो भएर यो चलचित्र चलेको हो । त्यस कारण चर्चाकै लागि कुनै निर्देशकले यस्तो सिन राखे वा कुनै नायिकाले चर्चित हुनका लागि किससिन गरिन् भने त्यो दुवैका लागि अभिषाप साबित हुन्छ ।
म त अरूभन्दा फरक र बोल्ड हुन चाहन्छु, रेखा थापालाई पनि टप्न चाहन्छु । त्यसैले मैले सिलसिलामा किससिन दिएकी हुँ । मैले यो निकै राम्रो काम गरें, म लकी साबित भएँ ।’ उनी सेक्सका विषयमा चलचित्र बनेमा बकाइदा त्यस्तो सिन दिन पनि डराउँदिनन् ।
पछिल्ला दिनमा चलचित्रमा टिक्न नायिकाहरूमा केही हदसम्म यौन-उदारताको जरुरी हुने सबैले स्वीकारेका छन् । भन्छन् पनि- ँनायिका सेक्सी देखिनर्ुपर्छ र कथाले मागेअनुसारका दृश्य दिनु पनि पर्छ तर नेपाली चलचित्रमा नायिकाहरू जति उदार हुन्छन् त्यति नै कथाले माग्दै जान्छ र नायिकाले मानिनन् भने कथाले पनि माग्दैन ।’ धेरैको आँकलन यही छ । यस विषयमा सिलसिलाकी नायिका सोनिया भन्छिन्- ँम त अरूभन्दा फरक र बोल्ड हुन चाहन्छु, रेखा थापालाई पनि टप्न चाहन्छु । त्यसैले मैले सिलसिलामा किससिन दिएकी हुँ । मैले यो निकै राम्रो काम गरें, म लकी साबित भएँ ।’ उनी सेक्सका विषयमा चलचित्र बनेमा बकाइदा त्यस्तो सिन दिन पनि नडराउने बताउँछिन् । भन्छिन्- ँतर त्यो समाजमा पच्ने खालको भने हुनर्ुपर्छ ।’
चलचित्र तोडकी नायिका उमा बेबी पनि कथाले सहज देखाएमा टङकिस गर्न तयार छिन् । उनी सफलताका लागि शारीरिक फिटनेस र अभिनयलाई महत्त्व दिन्छिन्, जसका लागि व्यायाम र द्वन्द्व सिकिरहेकी छिन् । ग्लेमरमा पनि केही लचकता अपनाउन तयार छिन् । भन्छिन्- ँअब कथाअनुसार हटसिन, बेडसिन र स्विमिङ गर्नु ठूलो कुरा होइन । अहिलेको अवस्थामा अत्यन्तै राम्रो कथावस्तु भएको खण्डमा मैले टङकिस गर्दा डराउनुपर्दैन । अभिनयक्षमताको अभावमा चल्नकै लागि मात्र यस्ता काम गर्ने हो भनेचाहिँ त्यो नायिका एक-दुइ वर्षमिस युज हुन्छे अनि उसका दिन पनि सकिन्छन् ।’
ँअब चल्नका लागि सात तलाबाट हाम फालेर हँुदैन । अबका दिनमा त भरपूर मनोरञ्जन दिन सक्ने पात्र मात्र चल्न सक्छ । पहिले त नायिका चल्न आन्तरिक क्षमता जस्तै- नृत्य हाइट, राम्ररी मिलेको शरीर चाहिन्छ । लामो रेसको घोडा हुने हो भने निश्चय नै भर्सटायल हुनर्ैपर्छ र समयअनुसारको ड्रेसअप पनि गर्नुपर्छ । म चलचित्रमा निकै छोटा कपडा लगाउने विषयमा चाहिँ उदार छु तर चल्नका लागि किससिन, बेडसिनको डिटेल भने दिन तयार छैन, अझ टङकिस त सम्भव नै छैन’ -यो भाषण नायिका ऋचा घिमिरेले दिएकी हुन् ।
उनले चलचित्र छोडी गए पाप लाग्लामा किससिन दिन मानिनन् तर अहिलेको समयमा किस सामान्य भएकाले आगामी दिनमा राम्रो डाइरेक्टरले किससिन राखेमा ओठमा किस खान भने उनी तयार भएकी छिन् । उनलाई स्विमिङपुलमा कस्टम लगाउन अपत्ति छैन तर उनी कस्टम लगाएर बाटोमा दगर्ुन भने सक्दिनन् । सेक्सी देखिने विषयमा उनी भन्छिन्- ँम आफूलाई साडीमा पनि सेक्सी देखाउन सक्छु । मेरो एक्सप्रेसनले पनि मलाई सेक्सी देखाउँछ । मैले चलचित्र छोडी गए पाप लाग्लाको एक गीतमा छोटो कपडाबिनै पनि निकै सेक्सी एक्सप्रेसन दिएकी छु । कथाअनुसार नै चलचित्र जंगबाज, गुरुदक्षिणा र र्फजमा निकै सेक्सी र छोटो ड्रेसमा अभिनय गरेकी छु ।’
सिम्बोलिक बेडसिन र किससिन चलचित्र धड्कनमै दिइसकेकी नायिका अरुणिमा लम्साल चलचित्रमा चर्चाकै लागि हटसिन वा किससिनको होडबाजीमा लाग्न तयार छैनन् । भन्छिन्- ँम कुनै ग्लेमर पोजका लागि युज हुने नायिका हैन । दीपशिखामै धड्कनजस्तो ग्लेमर छैन् किनकि यो चलचित्र फरक विषयवस्तुमा बनेको छ । एउटा चलचित्रमा केही एक्सपोज गरियो भन्दैमा अर्को चलचित्रमा झन् बढाउने भन्ने हुँदैन, एउटा चलचित्रमा थाई र हल्का छाती देखाउँदै जाँदा अरू चलचित्रमा पूरै नांगै हुने भन्ने त हुँदैन नि ।’
चलचित्र गंगाजलमा द्वन्द्वका दृश्य गरेर आफूलाई सशक्त नायिकाको सूचीमा राखेको बताउने शोभिता सिंखडा चल्नका लागि मुख्यतः अनुशासित हुनुपर्ने र आफूलाई सुहाउँदो रोलमा उभ्याउनुपर्ने बताउँछिन् । ँजो आप+mैमा विश्वस्त हुँदैन, उसले मात्रै अंगपर््रदर्शन गर्छ । म अहिलेको परिस्थितिमा कथाले मागेमा टङकिससम्म दिनु सक्छु, सिम्पल बेडसिन पनि सामान्य नै हो । ती दृश्य चलचित्रमा स्वाभाविक रूपमा आएका रहेनछन् र चर्चाकै लागि मात्र राखिएका भएचाहिँ गर्दिनँ’ -उनी आफ्नो धारणा यसरी राख्छिन् ।
ँसेक्सुअल रिलेसन गोप्य हुनर्ुपर्छ तर यस विषयको कुराकानी गोप्य हुनु जरुरी छैन । यौनशिक्षाका लागि त्यस्ता विषयमा कुनै चलचित्र बन्छन् भने काम गर्न डराउनुपर्दैन तर हटसिन दिने भनेर जथाभाबी आफ्ना संवेदनशील अंग पर््रदर्शन गर्न म तयार छैन । ती अंगलाई म सेफ नै राख्न चाहन्छु, फेरि मलाई ओभर ग्लेमर सुहाउँदा पनि सुहाउँदैन’ नायिका सौजन्य सुब्बाचाहिँ यसो भन्छिन् । थप्छिन्- ँम अहिलेको परिस्थितिमा कुनै पनि हालतमा टङकिस दिन्नँ तर सामान्य किस वा बेडसिन दिन कुनै आपत्ति छैन ।’र्
भर्खरै मात्र पति श्याम भट्टर्राईसँग छुट्टएिकी रञ्जना शर्मा अबको तीन वर्षछि मात्रै यस्ता विषयमा भेराइटिज दिन तयार छिन् । करिअरको शुरुआतमै किस गर्ने अथवा अनावश्यक यौनजन्य दृश्य दिन उनी तयार छैनन् । ँम परिपक्व र मेरो फिगर आकर्ष भएपछि सब चीज गर्छर्र अहिले गर्दिनँ । अहिलेका दिनमा म एक्सप्रेसनबाट सेक्सी देखिने प्रयत्न गर्छर्ुु हिट भएपछि गर्नु त ठीकै हुन्छ तर चर्चाका लागि मात्रै यस्ता घीनलाग्दा काम गरेर अघि आउने पनि देखिएका छन् । यसले भने नेपाली चलचित्रमा निकै अराजक अवस्था ल्याउन सक्छ’ -उनको ठम्याइ छ ।
विगतदेखि नै भद्र रूपमा प्रस्तुत भएकी नायिका सञ्चिता लुइँटेल यो विषयमा कहिल्यै अगाडि नआउने बताउँछिन् । केही समयअघिको भेटमा नायिका सञ्चिताले आफू राम्रो अभिनयबाहेक अरू केही गर्न नसक्ने बताएकी थिइन् तर पछिल्लो भेटमा उनले यसो भनिन्- ँचलचित्र सुहाउँदो विषयमा बनेको छ भने म किससिन मात्र हैन, बारमा डान्स गर्ने केटी बन्न पनि तयार छु ।’
चलचित्र धड्कनलाई निकै फरक ढंगले प्रस्तुत गरिसकेका नरेश पौडेल प्रेमीप्रेमिकाबीच हुने किसलाई समाजले पचाउन सके राम्रो हुने बताउँछन् । भन्छन्-ँयो चलचित्र उद्योगकै लागि पनि उत्साही विषय हो तर ती दृश्य सही तरिकाले आएको हुनर्ुपर्छ ।’ धड्कनमा राखिएका सामान्य किस र बेडसिनभन्दा पछिल्ला चलचित्रमा ग्लेमर पक्ष बढी देखिएको र त्यो गलत नभएको उनको धारणा छ । नायिकाहरूले कथाअनुसार मात्रै यौन-उदारता देखाउन उपयुक्त हुने सल्लाह उनले दिएका छन् ।
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +56/-7
Posts: 8104
|
 |
« Reply #58 on: January 06, 2010, 01:50:16 PM » |
|
|
|
|
|
|
Logged
|
|
|
|
tundikhel
X.Hero Member
Reputation : +56/-7
Posts: 8104
|
 |
« Reply #59 on: January 12, 2010, 10:53:25 PM » |
|
आफ्नो मूल्य बढाउँदै नायिकाहरू डब्बु क्षेत्री, काठमाण्डौ, २०६६ पौष २८, मंगलवार
नायिका झरना थापाले ६ वर्षघि चलचित्र पूणिर्मामा एक लाख २५ हजार रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । त्यसपछिका दिनमा उनको पारिश्रमिक बढेन । बरु घट्दै गएर ५०/६० हजार रुपैयाँमा सीमित भयो । गत वर्षआफ्नो पारिश्रमिक बढाएर ७५ हजार पुर्याइन उनले ।
६ महिना अघिसम्म ७५ हजार रुपैयाँमै काम गर्थिन्, उनी । अब भने एक लाख १० हजार रुपैयाँभन्दा कममा चलचित्रमा अभिनय नगर्ने सोच उनको छ । यही क्रममा झरनाले हाल छायाँकन भइरहेको चलचित्र 'मेरो के गति हुने हो'मा एक लाख १५ हजार रुपैयाँ लिएकी छन् । सिनेमा नपाए बरु आफ्नै गृह ब्यानरको चलचित्रमा मात्र काम गर्ने तर अब प्रतिचलचित्र एक लाख १० हजार रुपैयाँमा मात्र काम गर्ने उनले बताइन् ।
नेपाली चलचित्रवृत्तमा नायकहरूको पारिश्रमिक दिन प्रतिदिन बढिरहेको छ । तर, आफूहरूको पारिश्रमिक पाँच वर्षघिको तुलनामा अहिले निकै कम भएको नायिकाहरू गुनासो गर्छन् । झरनाको भनाइमा आपसी तालमेल हुन नसक्दा एकभन्दा अर्की नायिकाले झनै कम पारिश्रमिकमा काम गर्ने होड बढेको हो । 'हामी आफ्नै कारणले नेपाली नायिकाहरूको पारिश्रमिक बढ्नुको सट्टा घटेको हो,' झरनाले भनिन्, 'नायिका होइन, नायकले चलचित्र चल्छ भन्ने मान्यताले जो नायिका लिए पनि हुने चलन यहाँ बढेको छ । त्यसैले नायिकाहरूले डिमान्ड गरेअनुसारको पारिश्रमिक नपाएका हुन् ।' आफूले ०६३ देखि ६५सालसम्म प्रतिचलचित्र ५०देखि ६० हजार पारिश्रमिक लिएर काम गरेको स्मरण गराउँदै झरनाले भनिन्, 'मेरो भन्दा कम पारिश्रमिकमा काम गर्न अरू नायिका तयार भएपछि अत्यन्त कम पारिश्रमिकमा काम गर्न त्यतिबेला बाध्य हुनुपर्यो । तर, अहिलेको महँगीमा प्रतिचलचित्र एक लाखभन्दा कम पारिश्रमिकमा काम गर्दा उल्टो घाटा हुने भएकाले अरू नायिकालाई पनि सस्तोमा काम नगर्न मेरो आग्रह छ ।'
नेपाली चलचित्रमा विराज भट्ट, निखिल उप्रेतीजस्ता नायकहरू अहिले पनि तीन लाखभन्दा कम पारिश्रमिकमा काम नै गर्दैनन् । राजेश हमालले त त्यो भन्दा पनि बढी पारिश्रमिक लिन्छन् । राजभल्लभ कोइराला, आर्यन सिग्देलजस्ता नयाँ पुस्ताका नायकले समेत प्रतिचलचित्र आफ्नो पारिश्रमिक तीन लाख रुपैयाँ माग्न थालेका छन् । अढाइ लाख रुपैयाँभन्दा कम पारिश्रमिकमा यी नायकहरूले काम गर्दैनन् । तर, नेपाली चलचित्रका नायिकाहरूको पारिश्रमिक बढ्न सकेको छैन । त्यसैले अब नायिकाहरूले आफ्नो पारिश्रमिक घटाउन नहुने बरु बढाउनुपर्ने आग्रह अर्की नायिका ऋचा घिमिरेको छ ।
ऋचाको भनाइमा करिश्मा मानन्धर, जल शाह, निरुता सिंह, विपना थापाजस्ता नायिकाले दुइ लाख ५० हजारदेखि चार लाख रुपैयाँसम्म पारिश्रमिक लिन्थे । त्यही समयमा पहिलोपटक आफू नायिका बन्दा चलचित्र 'तिम्रो माया ९९ मेरो माया १००'मा ड्रेसका लागि १५ हजार र पारिश्रमिकवापत १५ हजार पाएको उनले बताइन् । त्यसपछि ऋचाले राजु शाहको चलचित्र 'सपनाको नौलो संसार'मा एक लाख पाइन् । तर, चलचित्र छायाँकनका क्रममा त्यही पारिश्रमिकमा युरोपमा सातवटा कर्न्र्सटमा उनले नृत्य प्रस्तुत गर्नुपर्यो । त्यसपछि भने आफ्नो पारिश्रमिक प्रतिचलचित्र ४५ देखि ५० हजार रुपैयाँमा सीमित रहेको उनको भनाइ छ । प्रतिचलचित्र ५० हजार लिएर यसअघि एक दर्जन सिनेमामा अभिनय गरेको पनि ऋचाले जानकारी गराइन् ।
२०६६ सालबाट आफूले पारिश्रमिक बढाए पनि नायक भुवन केसीको निर्माणाधीन चलचित्र 'साथी तिमी मेरो'मा उनले ६० हजार रुपैयाँमा सम्झौता गरेकी छन् । आफ्नो चलचित्र 'तुलसी'मा भुवनले विना पारिश्रमिक अतिथि कलाकारको भूमिका गर्ने र्सतमा त्यतिमा काम गर्न लागेको उनले स्पष्ट पारिन् । पारिश्रमिक बढाउने क्रममा गत जेठमा उनले 'अल्झेछ क्यारे पछयौरी'मा ७५ हजार रुपैयाँ लिइन् । चलचित्र 'कालापानी'मा पनि त्यति नै पाइन् । त्यसपछि 'वीरताको चिनो'मा एक लाख पाँच हजार पाएको यी नायिकाको दाबी छ । अब भने वर्षा एक/दुइवटा चलचित्रमा मात्र काम गर्ने तर प्रतिचलचित्र एक लाख १० हजारभन्दा कम पारिश्रमिकमा नखेल्ने प्रतिबद्धता उनले जाहेर गरेकी छन् ।
एकपछि अर्की नायिकाले झनै सस्तोमा चलचित्र खेल्ने होड चलेको यी नायिकाको स्वीकारोक्ति छ । त्यसैले कम पैसामा काम नगर्न उनले अरू नायिकालाई बारम्बार अनुरोध गरेकी छन् । सबैभन्दा बढी पारिश्रमिक लिने अहिलेकी नायिकामा रेखा थापा पर्छिन् । उनले प्रतिचलचित्र कम्तीमा एक लाख ५० हजार रुपैयाँ लिने गरेकी छन् । निर्माताहरूका अनुसार प्रतिचलचित्र दुइ लाख ५० हजारसम्म पारिश्रमिक रेखाले पाएकी छन् । रेजिना उप्रेती, उषा पौडेल, अरुणिमा लम्साललगायतका नायिकाहरू आफ्नो पारिश्रमिक बताउन चाहँदैनन् । तथापि अरुणिमा र रेजिनाले डे्रसबाहेकको प्रतिचलचित्र ६० देखि ८० हजार रुपैयाँ, उषा पौडेलले ५० देखि ६० हजार रुपैयाँ लिने गरेको उनीहरूलाई काम गराइरहेका विभिन्न चलचित्रका निर्माताहरूले बताए । नायिका संचिता लुइंटेलले भने ७५ देखि एक लाख रुपैयाँ लिने गरेको तथ्यांक निर्माताहरूबाट पाइएको छ । यीबाहेकका नायिकाले त २० देखि ३० हजार रुपैयाँमा काम गर्छन् । केही नायिकाले त ड्रेसको भरमा पनि चलचित्रमा काम गर्दै आएको निर्माताहरूको दाबी छ ।
स्रोत:- राजधानी
|
|
|
|
|
Logged
|
|
|
|
|
|
|