Nepali Community Forum - सबै नेपालीको साझा फोरम
XNepali Home   l  Blog/movies   l  Nepal News   l  Songs   l  Videos   l  Image Host   l  Unicode Nepali   l  Gallery   l  Tech Tips   l  HTML editor
September 08, 2010, 10:45:50 PM *
Welcome, Guest. Please login or register.

Login with username, password and session length
 
   Home   Help Login Register  
"Art & Photography" moved to Entertainment Section. New section "Nepali Models" added and 'Music" and "Video" are merged.
Pages: 1 2 3 [4] 5 6 ... 9   Go Down
  Print  
Author Topic: Nepali Actresses  (Read 22514 times)
0 Members and 1 Guest are viewing this topic.
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #30 on: October 10, 2009, 07:13:24 AM »



कलाकारहरु संयुक्ता राणा र रेश मरहट्ठा हलिउडको क्यालिफोर्नियामा चलचित्र 'काठमाण्डु' को पि्रमियर सोको अवसरमा तस्वीर खिचाउदै । फोटो : ई-कान्तिपुर
Logged
xsajha
X.Hero Member
*

Reputation : +11/-0
Posts: 1883


View Profile
« Reply #31 on: October 19, 2009, 02:29:21 PM »



चलचित्र 'नाईं नभन्नु ल' को एक दृश्यमा नवनायिका रिचा सिंह ठकुरी डोकोमा घाँस बोक्दै ।
Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #32 on: October 22, 2009, 07:17:15 PM »


चलचित्र 'साहसी' को छायाँकनको क्रममा निर्मात तथा नायक भोजबहादुर गुरूङ र नायिका स्नेहा शर्मा हिमालको काखमा रमाउदै ।
Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #33 on: October 24, 2009, 10:03:23 AM »



गायक आदि याक्थुम्बाको 'धनमा रहेछ माया... ' बोलको गीतको म्युजिक भिडियोमा अभिनय गर्दै नायक जीवन लुईटेल र मोडल तथा भिजे सलोनीराज भण्डारी ।
Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #34 on: October 29, 2009, 01:11:28 PM »



जसरी भएपनि टिकिन्छ : जानु अर्याल
नेपालअष्ट्रेलियान्युज सम्वाददाता


हरेक सिनेमामा एउटै अनुहार अनि एकैप्रकारको उपस्थिति हेर्दा-हेर्दा दिक्क बनेका नेपाली चलचित्रका दर्शकका लागि अब फ्रेस अनुहारहरु धमाधम नया“ चलचित्रमार्फत देखिन थालेका छन् ।

त्यस्तै फ्रेस अनुहारमा अहिलेको आशालाग्दो अनुहार हुन्-जानु अर्याल । जानुलाई नेपाली सिनेमामा उभ्याउने काम गरेका छन् निर्देशक दिनेश खड्का र निर्माता सम्भवत श्रेष्ठले । चलचित्र हो "द मोष्ट वान्टेड"  महेन्द्रनगरकी जानु यतिबेला नेपाली चलचित्र उद्योगमा जमेरै अगाडि बढ्नका लागि काठमाडौंमा छिन् । प्रस्तुत छ, उनीसँग गरिएको संक्षिप्त वार्तालाप :

 

० महेन्द्रगरमा के गरिथ्यो नि ?

म चित्र बनाउँथे र चित्र बेच्दथे पनि ।

 

० चित्रकार मान्छे कसरी सिनेमा क्षेत्रमा लाग्ने सोच आयो त ?

मलाई लाग्छ सिनेमा पनि चित्रकलाकै अर्को पाटो हो । चित्रलाई मनले बझुन सक्नुपर्छ भने सिनेमालाई आँखाले । फेरि मलाई सानै उमेरदेखि कलाकारिताप्रति रुचि थियो राम्रो चलचित्र पाए खेल्छु जस्तो लाग्थ्यो ।

 

० चलचित्र क्षेत्रमा प्रवेश गर्नका लागि यहाँ कसै न कसैको सिफारिस चाहिन्छ भनिन्छ नि ?

मैले पनि त्यो सुनेको छु । नेपाली चलचित्र क्षेत्रमा चलिराख्नको लागि कसै न कसैको हात चाहिन्छ भने, म त भर्खर प्रवेश गरेकोले मलाई निर्देशक दिनेश खड्का दाइले यो चलचित्रमा अभिनय गराइ रहनुभएको छ । हेरौँ, पछिका दिनमा के हुन्छ ?

 

० चलचित्र क्षेत्रमा उचाइमा पुग्न ग्ल्यामर अति आवश्यक छ भनिन्छ नि ?

त्यो गलत हो । ग्ल्यामर पनि चाहिन्छ । तर कथाले माग्ने जति मात्र । चलचित्रमा यदि कथा त्यस्तै छ भने ग्ल्यामर प्रस्तुत गर्नुपर्छ । तर कथामा उल्लेख छैन भने जवरजस्ती ग्ल्यामर प्रस्ततु गर्नु त्यति राम्रो हुँदैन । म टिक्नकै लागि ग्ल्यामर हैन अभिनयमा जोड दिन चाहन्छु । नेपाली समाजमा परिवारसँग बसेर हेर्न मिल्ने खालको अंग प्रदर्शन हुनुपर्छ ।

 

० के देखेर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको ?

नेपाली चलचित्र क्षेत्रमा नाम र इज्जत छ । फेरि चलचित्रलाई व्यवसायी बनाउन चाहनेहरुका लागि राम्रो छ । यो क्षेत्रमा लागेर जिविकोपार्जन गर्नेहरु पनि त छन् नि ? त्यसैले यो क्षेत्रमा प्रवेश गरेको हो ।

 

० अबका दिनमा कलाकारितालाई अगाडि बढाउने कि चित्रकलालाई ?

मेरो पहिलो चलचित्र -"द मोस्ट वान्टेड" । यसमा मैले गरेको भूमिका दर्शकले कसरी मन पराउ“छन् । दर्शकले मलाई कतिको माया दिनुहुन्छ त्यसमा भर पर्छ । म कलाकारिता र चित्रकला दुवैलाई एकैसाथ मिलाएर अगाडि लैजान चाहन्छु ।

 

० हाम्रो समाजले नायिकालाई राम्रो दृष्टिकोणले हेर्दैन नि ?

नेपाली चलचित्र क्षेत्रका सबै नायिका नभनुँ धेरैजसो आफ्नो स्थानमा रहेका छैनन् । आफू नै मर्यादामा न रहेपछि त समाजलाई दोष दिएर केही हुँदैन । आफू ठिक ठाउँमा बस्नु पर्‍यो । समाजले सोचाइ परिवर्तन गर्छ । राम्रो गर्नेका लागि समाजले राम्रो नियमले हेर्छ ।

 

० "द मोस्ट वान्टेड" अगाडि अर्को सिनेमाको अनुभव छ ?

गरेकी छु, यस अघि मैले थारु भाषाको मोर बस्ती अर्थात् मेरा वस्तीमा अभिनय गरेकी छु ।

 

० नायिकाहरुको यत्रो भीड छ, यो भीडमा टिक्न सकिएला त ?

अहिले मैले अभिनय गरेको चलचित्र छायांकन मात्र भैरहेको पहिलो चलचित्र हो । यो चलचित्र रिलिज हुन दिनु्स् । दर्शकलाई मेरो काम कस्तो लाग्छ हेरौं । त्यसपछि थाहा होला । तर अहिले पनि मलाई केही चलचित्रको अफर आइरहेको छ । मेहेनत गर्दैछु । मेहनतको फल मीठो हुन्छ ।
Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #35 on: November 03, 2009, 04:09:23 PM »



चलचित्र नैना रेशममा नायक बिराज भट्ट र नायिका निशा अधिकारी फेवातालको छेउमा नाच्दै ।
Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #36 on: November 04, 2009, 05:22:19 PM »

नेपाली चलचित्रमा नायिकाको बाढी


नेपाली रजतपटमा नयाँ नायिकाको अभाव भएको साचना नेपाली प्रेसमा व्याप्त छ । नयाँ निर्माता निर्देशकका त कुरै छाडौं- स्थापित मानिएका दीपक रायमाझीले पनि अब बनाउन लागेको 'लब स्टोरी ६६' चलचित्रका लागि नया युवती पाउन सकेनन् । अब पुरानैले काम चलाउनुपर्ला भनिरहेका बेला चाहि उद्योगभरि नयाँ युवतीको बाढी नै आएको छ । अब यी नवनायिकाहरुबीच अभिनयको यति ठालो प्रतिस्पर्धा छ कि यिनैले अब भविष्यको नम्बर १ नायिका हुनुपर्ने जिम्मेवारी काँधमा आइपुगेको छ । यसपालि नेपाली रजतपटमा श्वेता खड्का (कहाँ भेटिएला), ममता प्रधान (दीपशिखा) जेनिसा केसी (दोस्ती), जानी केसी (अग्निसाक्षी), जानु अर्याल (द मोस्ट वान्टेड), तेजुला खड्का (द मोस्ट वान्टेड), सभ्यता गिरी (सन्देश), एटिना कार्की (युवा), स्नेहा खड्का (निशाना), भावना गुरुङ (भुलिगए पाप लाग्ला) गुरुङ चलचित्रजस्ता नायिकाहरुको प्रवेश भइसकेको छ । यी नायिकाहरुमा विशाल क्षमता भए पनि प्रतिस्पर्धामा को कहा गएर अघि बढ्ने हो र को कहाँ गएर पछारिने हो, अहिले नै भन्न गाह्रो छ । तर यो कुरा तय छ, यी आफहरुबीचमा नै घमासान प्रतिस्पर्धामा अब्बल ठहरिएर भोलिको नम्बर १ नायिका बन्नुपर्नेछ ।

इतिहासको कुरा- नेपालमा जब चलचित्र निर्माणले व्यावसायिकरुपमा गति लिन सुरु गर्‍यो, रजतपटमा सबैभन्दा बिकाउ नायिकाका रुपमा पाँचजना उदाए- गौरी मल्ल, शर्मिला मल्ल, कृष्टि केसी, मौसमी मल्ल र करिश्मा मानन्धर । लगभग एकैसाथ उदाएका यी नायिकाहरुमध्ये गौरी मल्ल, कृष्टि केसी र करिश्मा मानन्धरबीच तीव्र प्रतिस्पर्धा थियो ।

तर, करिश्मा कति भाग्यमानी ठहरिइन् भने अर्को पुस्ता उदाउञ्जेलसम्म पनि उनी आफ्नो नम्बर १ पदबाट टसको मस भइनन् । गौरी चरित्र अभिनेत्रीमा उक्लादै गर्दा यता करिश्मा चाहिँ टिनएजरकै भामिकामा रमाइरहिन् र दर्शक उनको चुलबुलेपनमाथि मख्ख भइरहे । उनको पछिपछि उदायो अर्को एउटा पुस्ता- निरुता सिंह र विपना थापाहरु । तर करिश्माले आफ्नो सिंहासनलाई डगमगाउन दिइनन् । रजतपट पुनः करिश्मा, निरुता र विपनाको योगफलमा रमाउन थाल्यो । करिश्मा अमेरिका भासिइन्, विपनाले घरजम गरिन् र निरुता इन्टेरियर डिजाइनिङ पढ्न मुम्बई लागिन् ।

अहिलेको कुरा

अहिले नेपाली रजतपटमा चलेका नायिकाका रुपमा रेखा थापा, अरुणिमा लम्साल र सञ्चितालुइटेललाई लिइन्छ । यिनीहरुले
आफु भन्दा अघिल्ला पुस्तालाई विस्थापित गरे ।

तर चलचित्र उद्योगका केही पण्डितहरु त रेखा, अरुणिमा र सञ्चिताका विकल्प पनि तयार भइसकेको दाबी गर्छन् । तिनको विकल्पका रुपमा ऋचा घिमिरे, उषा पौडेल र रेजिना उप्रेती भएको दाबी पनि गर्छन् । तर यी तिनैमा रेखाको जस्तो ग्ल्यामर, अरुणिमाको जस्तो सुन्दरता र सञ्चिताको जस्तो निर्दोषपना एक रत्ति पनि नभएकोमा आलोचना गर्छन् । आलोचकहरुको कुरालाई पाखा लाउने हो भने एउटा कुरा चाहिँ के सत्य हो भने, ऋचा घिमिरेमा रेखाको हाउभाउ, उषा पौडेलमा अरुणिमा र सञ्चिताको सौन्दर्य र निर्दोषपना दुवै पाइन्छ । अनि रेजिना उप्रेतीले त आफुलाई अर्को ग्ल्यामर गुडियाका रुपमा पेश गरिरहेकै छिन्, त्यसमा शंका पनि छैन । के उसो भए यी तीन जनाले ती तीन जनालाई पाखा लगाउलान् त ?

भविष्यका कुरा

रोचक कुरा के छ भने केही विश्लेषकहरु त ऋचा, उषा र रेजिनालाई पनि पाखा लगाउने पुस्ता तयार भइसकेको दाबी गर्छन् । र, तिनलाई पाखा लगाउने नायिकाका रुपमा नन्दिता केसी, याना उप्रेती र उषा रजकलाई अघि सार्छन् । धेरै चलचित्र खेलिसकेको हिसाबले नन्दिताको नाउँ अघि आए पनि पहिलो सिनेमा 'पर्खी बसे' नै सुपरहिट दिइसकेकी याना भविष्यकी नं। १ नायिका हुने अड्कल केही फिल्म विज्ञको छ । र, उनी अभिनित अर्को चलचित्र 'हिम्मत-२' पनि हिट हुनसक्ने अड्कल -किनभने हिम्मत- १ निकै सफल चलचित्र मानिएको थियो ।० गरिदैछ । त्यसपछि नन्दिता र उनको पछिपछि मोडलिङ र नाटकबाट यस क्षेत्रमा छिरेकी उषा रजकले पनि सबैलाई पसिना छुटाइदिने अनुमान पनि त्यसै गरिएको छैन । किनभने 'कुसुमे रुमाल' रिलिज हुनुअघि नै उनको चर्चा निकै भइसकेको छ ।
तर केहीलाई त यो विश्लेषणमा कत्ति पनि विश्वास छैन । किनभने उनीहरु लगत्तै अर्को एउटा पुस्ता चलचित्र उद्योगमा प्रतिस्पर्धाका लागि तयार भइसकेको छ । उनीहरु पनि कम्ता खारिएका छैनन् । किनभने उनीहरुलाई थाहा छ, रेखाको जस्तो ग्ल्यामर हुन कत्तिको बोल्ड हुनुपर्छ अनि सञ्चिता र अरुणिमा जत्तिको सुन्दर त आफालाई ठान्छन् नै । त्यसमाथि कति त गडफादर नै अघि लाएर चलचित्र उद्योगमा छिरेका छन् । गडफादर नहुनेहरु पनि आफ्नो प्रतिभालाई कम ठानिरहेका छैनन् । आखिर यो उद्योग त बोल्नेको पीठो बिक्नेजस्तै हो ।

अब हेर्नु छ, निर्देशकले नयाँ नदेखेका यी युवतीहरुले रेखा थापादेखि लिएर पछिल्ला नन्दिता केसीसम्मका नायिकाहरुलाई पछारेर नम्बर एक हुन कस्तोकस्तो खेल र तमाशा देखाउने हुन् ?

-अच्युत कोइराला (nayapatrika)

Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #37 on: November 04, 2009, 05:23:44 PM »

Raj and Sonia

Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #38 on: November 04, 2009, 05:49:15 PM »

'कहाँ भेटिएला'की श्वेता खड्का



photo - hataru
Logged
tundikhel
X.Hero Member
*

Reputation : +57/-7
Posts: 8124


View Profile
« Reply #39 on: November 06, 2009, 12:22:59 AM »

Logged
Pages: 1 2 3 [4] 5 6 ... 9   Go Up
  Print  
 
Jump to:  

By their vary nature, discussion forums may carry offensive, harmful, inaccurate or otherwise inappropriate material, or in some cases, postings that have been mislabeled or deceptive. We expect that you use proper judgment and common sense and exercise caution when posting or viewing forum.xnepali.com. IF YOU DON'T AGREE WITH THE DISCLAIMER AND RULES PLEASE DON'T USE THIS SITE.
Powered by MySQL Powered by PHP Powered by SMF 1.1.11 | SMF © 2006-2009, Simple Machines LLC Valid XHTML 1.0! Valid CSS!
Page created in 1.247 seconds with 25 queries.